पोखरामा १५ देशका वैज्ञानिक

पोखरामा १५ देशका वैज्ञानिक

पोखरा : पर्यटकीय सहर पोखरामा मंगलबारदेखि तेस्रो जीव विज्ञान तथा जैविक प्रविधि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनमा नेपालसहित १५ देशका वैज्ञानिकको सहभागीता रहने छ। 

रिसर्च इस्टिच्यूट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपालको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न देशका वैज्ञानिकले २७ वटा कार्यपत्र प्रस्तुत गर्नेछन्।  सम्मेलनमा नेपालमा बायो बैकिङ, ट्रान्सनेसन मेडिसिन, सोलर इनजीलगायतका विषयमा केन्द्रित हुने आयोजकले बताएका छन्। 

सम्मेलनमा विदेशमा वैज्ञानिकले गरेका नयाँनयाँ अनुसन्धान र नेपालका युवा वैज्ञानिकले गरेका विभिन्न अनुसन्धान पनि प्रस्तुत हुनेरिसर्च इस्टिच्युट फर बायोसाइन्स एण्ड बायो टेक्नोलोजी नेपालका अध्यक्ष प्रज्वलराज भण्डारीले बताए।

 
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा सुनीलबाबु श्रेष्ठले नेपालमा युवा वैज्ञानिक पछिल्लो समयमा अनुसन्धानमा सक्रिय भएको बताए। 
नेपाल जैविक विविधतामा धनी भएकोले अध्ययन अनुसन्धान गरेर मानव जीवनमा उपयोगमा ल्याउन सकिने बताए। हिमाली वनस्पती समैभन्दा नेपालको महत्वपूर्ण स्रोत भएको पनि उनले बताए। कार्यक्रममा प्राध्यापक अर्जुन कार्कीले नेपाली युवा वैज्ञानिकलाई अनुसन्धानमा लाग्ने वातारण बन्नु पर्नेमा जोड दिए। 

सम्मेलनमा अमेरिका, जर्मन, फिनल्याण्ड, स्वीडेन, कोरिया, जापान, भारत, नेपाललगायतका १५ देशका वैज्ञानिक, विद्यार्थी, रिसर्चरको सहभागीता रहेको छ। 

सम्मेलनमा सहभागी वैज्ञानिकले बायो साइन्स एण्ड बायो टेक्नोलोजीका विषयमा आ–आफ्नो धारण र कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्मेलनम मानव रक्त कोष तथा अन्य अंगको नमुना संकलन गरेर अनुसन्धानलगायतका विषयमा पनि प्रस्तुतति हुने बताइएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.