डढुवा रोगले गोलभेडा सखाप

डढुवा रोगले गोलभेडा सखाप

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका६ गोकुलेश्वर किसानले लगाएको गोलभेडा डढुवा रोगले नष्ट हुँदा किसान चिन्तित बनेका छन् । किसानले लगाएको सबै गोलभेडा डढुवा रोगले सखाप पारेको किसान रामसिंह मालले बताए । 

'करिब ५ रोपनी बढी जमीनमा गोलभेडा खेती गरेको थिएँ । तर, डढुवा र फाट्ने रोगले सबैले सखाप पारिदियो, 'उनले भने, 'डढुवा रोगका कारण यो सिजनमा गोलभेडा भित्र्याउनै पाएनौं । धेरै घाटा लागेको छ।'

किसान प्रेमसिंह माल यो सिजनमा करिब एक लाखको गोलभेडा बिक्री गर्दथे । तर, यो वर्ष डढुवा रोगले उनको बारीको गोलभेडा समेत सखाप पारेको छ ।'तरकारी खेतीबाटै जिविकोपार्जन भइरहेको थियो । यो वर्ष गोलभेडामा लागेको डढुवाले धेरै घाटा लागेको छ, 'उनले भने, 'किसानलाई समस्या हुँदा न कृषि प्राविधिक भेटिन्छन् न औषधि नै पाइन्छ । मिहिनेत गरेर रोपेको बालीको फल भित्र्याउन नपाउँदा साह्रै दुःख लागेको छ।'

डिलाशैनी गाउँपालिका ६ का ५० भन्दा बढी व्यवसायिक किसान यो वर्ष मारमा परेका छन् । बारीमा लगाएको गोलभेडा डढुवा रोगले सखाप पारेपछि उनीहरु हैरान भएका हुन् । किसान हिरा खत्रीले यो वर्ष डढुवा रोगका कारण गोलभेडा नष्ट हुँदा लाखौं क्षति भएको छ।'

बेलाबेला तरकारी खेतीमा लाग्ने रोगकीराले हैरान भएका छन्। तरकारी बिक्री गर्ने बेला घाटा व्यहोर्नु परेको छ। डढुवाका कारण एकै गाउँमा २ लाख बढीको गोलभेडा नष्ट भएको स्थानीय सुरेश श्रेष्ठले बताए । 'व्यवसायिक रुपमा तरकारी खेतीमा लागेका धेरै किसानको गोलभेडा डढुवाले नष्ट भएको छ । 

ढुसीका कारण गोलभेडामा डढुवा रोग लाग्ने गरेको कृषि प्राविधिकले बताए। कृषि जेटिए महेश अवस्थीका अनुसार ढुसी र चिसोको समयमा तुषारोलगायतका अन्य कारणले पनि यो रोग लाग्ने गर्दछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.