कोरोना भाइरस : सीमामा लापरवाही

कोरोना भाइरस : सीमामा लापरवाही

भैरहवा : चीनमा नोवेल कोरोना भाइरसको महामारीले सर्वसाधारणको मृत्यु भइरहे पनि नेपालको सीमा क्षेत्रमा सतर्कता अपनाइएको छैन। स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकाबाट स्वास्थ्य जाँचबिनै पर्यटक निर्बाध भित्रिरहेका छन्।

विश्व स्वास्थ्य संगठन तथा सरकारी निकायका अनुसार चीनबाहिर संक्रमणका कम्तीमा ४७ घटना पुष्टि भएका छन्। नेपालसहित १६ देशमा यो भाइरस फैलिएको छ। यस नाकाबाट श्रीलंका, थाइल्यान्ड, म्यान्मा र भियतनामपछि चीनबाट बढी पर्यटक आउने गरेका छन्।

अत्यधिक पर्यटक भित्रिने बेलहिया नाकामा स्वास्थ्य परीक्षण डेस्क राखिएको छैन। यसबाट भाइरसको जोखिम बढेको छ। बेलहिया नाका हुँदै सन् २०१८ मा ५ हजार २५ जना चिनियाँ नेपाल भित्रिएका थिए भने सन् २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ आएका थिए। यस वर्ष जनवरी २८ सम्म ५ सय ४७ जना चिनियाँ यो नाकाबाट आएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए।

सीमामा पर्यटकको स्वास्थ्य परीक्षण नगरिँदा आफूहरूसमेत जोखिममा परेको उनले बताए। ‘पर्यटक नेपाल प्रवेश गरेपछि सबैभन्दा पहिले अध्यागमन कार्यालय आउँछन्, उनीहरूको पहिलो सम्पर्क हामीसँगै हुन्छ,’ उनले भने, ‘पर्यटक संक्रमित भए हामी पनि जोखिममा पर्छौं।’ यस नाकाबाट दैनिकजसो चिनियाँ आउने गरेका छन्।

रुपन्देहीका निमित्त सीडीओ भरतकुमार शर्माले ४/५ दिनमा सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने बताए। उनले यसबारे छलफल भइरहेको र केही दिनभित्रै डेस्क स्थापना गरिने बताए। चीनमा महामारी फैलिएपछि भारतले भने सीमा नाका सुनौलीमा हेल्थ डेस्क स्थापना गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.