कोरोना भाइरस : १५ दिन तातोपानी र रसुवागढी नाका बन्द
काठमाडौं : सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका १५ दिनका लागि रोक लगाएको छ। चीनमा कोरोना भाइरस फैलिएपछि सरकारले पर्यटक आवतजावत गर्न रोक लगाएको हो।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चीनमा कोरोना भाइरस फैलिएकाले माघ १५ गतेदेखि ३० गतेसम्म बन्द गरिएको हो। ‘चीनमा ल्होसार पर्व पनि चलिरहेको छ। बाटो पनि मर्मत हुँदै रहेछ’ प्रवक्ता शर्माले अन्नपूर्ण अनलाइनसँग भने ‘अहिले कोरोना भाइरस पनि फैलिएकाले १५ दिनका लागि रोक लगाएका हौं।’
चीनमा कोरोना भाइरसले हालसम्म १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने करिब ३ हजार संक्रमित छन्।
प्रतिक्रिया दिनुहोस !