बोराले च्यापिएर एकै परिवारका चारको मृत्यु
भैरहवा : रुपन्देहीमा बोराले च्यापिएर एकै परिवारको चारजनाको मृत्यु भएको छ । मृतक सबै भारतीय नागरिक हुन् । मृत्यु हुनेमा भारत बिहार राज्य बलिया जिल्ला तपनी गाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, ६ वर्षीया छोरा सुल्तान रजा र दुई वर्षीया छोरी सहिना खातुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कमल ज्ञवालीले जानकारी दिए ।
मृतक परिवारले बोरा संकलन गर्ने र आफूहरु बस्ने कोठामा बोराको खात बनाएर राख्ने गरेका थिए । राती सुतेको अवस्थामा खात लगाएर राखेको बोरा खस्दा निस्सासिएर उनीहरुको मृत्यु भएको प्रराम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।
सटर रहेको कोठाको तीनतर्फको भित्तामा बोराको खात लगाएर बीचमा साँघुरो स्थानमा सुतेको बेला बोराले च्यापिएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।मृतकको शव पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 
प्रतिक्रिया दिनुहोस !