स्कार्पियो डिभाइडरमा ठोक्किँदा १ को मृत्यु, ४ घाइते
वीरगन्ज : एक युवकले चलाएको स्कार्पियो सडकमा रहेको फलामे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।दुर्घटनामा अन्य ४ जना युवक घाइते भएका छन् । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीका १६ वर्षीय आकाश पटेल रहेका छन् । आकाश समाजवादी पार्टी बाराका अध्यक्ष अजय पेटलका छोरा हुन्।
वीरगन्जको घण्टघार चोकबाट पावरहाउ चोकतर्फ जाँदै गरेको बा १५ च ७७७१ नम्बरको स्कारपियो बिहीबार राती साढे ११ बजे मुर्लीस्थित नेपाल कृषि सामाग्री कम्पनी अगाडिको सडकमा दुर्घटनामा परेको थियो।
उक्त गाडी १६ वर्षीय
प्रत्यक्षदर्शीका अनुसार आकाश आफैले तीब्र गतिमा चलाएको स्कार्पियो फलामे डिभाइडरमा ठोक्कए पछि उछिट्टिएर कालोपत्रे सडकमा बजारिएको थियो । दुर्घटनामा परेको गाडीको अगाडि र पछाडिको दुवै भाग क्षतविक्षत भएको छ ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।आकाशले चलाएको स्कार्पियोमा उनीसहित आठजना सवार रहेका थिए।दुर्घटनामा आकाशको मृत्यु भएको, ४ जना घाइते र अन्य तीनजना सामान्य अवस्थामा रहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया दिनुहोस !