अन्‍नपूर्ण ‘लक्की ड्र’मा कसले, के पुरस्कार पाए ?

अन्‍नपूर्ण ‘लक्की ड्र’मा कसले, के पुरस्कार पाए ?

काठमाडौं : पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकल मैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार आयोजना गरेको साइकल र्‍यालीको उपाधि प्रमेन्द्रनाथ कर्माचार्यले जितेका छन्। लक्की ड्र मार्फत चुनिएको भाग्यमानी विजेताका रुपमा प्रमेन्द्रले माउन्टेन बाइक पुरस्कार पाए। यसैगरी ३२ इन्चको टिसिएल स्मार्ट टिभी मनोज प्रजापतिले जितेका छन्।  सिम्रिक एयरको हेलिकोप्टरमार्फत गोसाइकुण्ड टुर प्याकेजको भाग्यमानी विजेता खिमानन्द देवकोटा भए। श्रीराम अधिकारीले सिको घडी प्राप्त गरे। जनार्दन अड्काले काठमाडौं-पोखरा-काठमाडौंको एक जोडीका लागि हवाई टिकट पाएका छन्। यसैगरी लक्की ड्र मार्फत अन्नपूर्ण पोस्ट् दैनिक ६ महिना निशुल्क पढ्न पाउने पाँचजना भाग्यमानी विजेतामा सुरेश महर्जन, महेश्वर सिंखडा, अमिर महर्जन, कल्पना खड्का र शरद शर्मा रहे।

अन्नपूर्ण मिडिया नेटवर्कको मुख्यालय परिसर तिनकुनेबाट बिहान सुरु भएको र्‍याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै आएर सकिएको थियो। २१ किलोमिटर दुरीमा र्‍यालीमा दुई हजार जनाले भाग लिएका थिए।

विजेतालाई अन्नपूर्ण मिडिया नेटवर्कका निर्देशक सचन थापा, प्रधान सम्पादक हरिबहादुर थापा, सम्पादक अखण्ड भण्डारी र विकास थापा, अन्नपूर्ण अनलाईनका सम्पादक विष्णु सुवेदी, एपी वान टिभीका सम्पादक टिकाराम यात्री, अन्नपूर्ण सम्पूर्णका सम्पादक राजन नेपाल, अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन एवं प्रशासन विभाग प्रमुख सुदमकुमार सिजापति, अन्नपूर्ण मिडिया नेटवर्कका मार्केटिङ म्यानेजर भुपाल बस्नेत लगायतले पुरस्कार प्रदान गरे। यसैबीच उद्घाटन कार्यक्रममा सागमा स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

 गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं सागमा बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले क्रस कन्ट्री तथा राजेश मगर र निश्मा श्रेष्ठले डाउन हिल स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेका थिए। 

तस्बिर : सुनिता डंगोल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.