सागमा स्वर्ण पदक विजेता साइक्लिङ खेलाडीलाई सम्मान

सागमा स्वर्ण पदक विजेता साइक्लिङ खेलाडीलाई सम्मान

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले सागमा स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। १३ औं दक्षिण एसियाली खेलकुदका  स्वर्ण विजेतालाई शनिबार साइकल र्‍याली कार्यक्रमको अवसरमा नगदसहित सम्मान गरिएको हो।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापा, सिइओ मानस घिमिरेले उनीहरुलाई सम्मान गरेका हुन्। गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं सागमा बुद्धिबहादुर तामाङ र लक्ष्मी मगरले क्रस कन्ट्री तथा राजेश मगर र निश्मा श्रेष्ठले डाउन हिल स्पर्धामा ऐतिहासिक स्वर्ण पदक जितेका थिए। नेपालले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्णले हरेक वर्ष आयोजना गर्दै आएको साइकल र्‍याली गर्दै आएको छ।

साइकल र्‍यालीको समापन कार्यक्रममा सहभागीमध्येबाट गोलाप्रथाको माध्यमले विभिन्न पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ । साइकल र्‍यालीको यो छैटौं संस्करण हो । अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दैआएको छ । साइकल  र्‍यालीमा साग विजेतासहित हजार भन्दा बढी व्यक्तिहरुले सहभागिता जनाएका छन्।

 तस्बिर : उमा विष्ट​


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.