अन्‍नपूर्ण साइकल र्‍यालीको भव्य उद्‍घाटन (फोटोफिचर)

अन्‍नपूर्ण साइकल र्‍यालीको भव्य उद्‍घाटन (फोटोफिचर)

काठमाडौँ : उत्साहजनक सहभागिता सहित अन्‍नपूर्ण साइकल र्‍याली सुरु भएको छ ।

तीनकुनेस्थित अन्‍नपूर्ण पोस्टको कार्यालय परिसरबाट र्‍याली निस्किएको हो । र्‍यालीको उद्‍घाटन विशिष्ठ व्यक्तित्वहरुबाट भएको थियो ।

पर्यटन तथा संस्कृतिमन्त्री योगेश भट्टराई, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्‍वर थापा, प्रधान सम्पादक हरिबहादुर थापा, बरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, गायिका आनी छोइङ, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्त, बरिष्ठ चिकित्सक भगवान कोइराला, जगदीश अग्रवाल लगायतले संयुक्त रुपमा र्‍याली उद्‍घाटन गरेका थिए ।

मन्त्री योगेश भट्टराईले सबै मिलेर काठमाडौँलाई स्वच्छ र सुन्दर बनाउन सकेमा भ्रमण वर्ष सफल हुने बताए । पर्यटकलाई लोभ्याउन पनि काठमाडौँलाई जतिसक्दो सुन्दर बनाउनुपर्नेमा जोड दिए । भ्रमण वर्ष २०२० मा साइकल ट्रेल निर्माणका लागि छलफल गरिरहेको पनि बताए ।

अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्‍वर थापाले अन्‍नपूर्णको साइकल र्‍याली कार्यक्रम मात्रै नभएर एक सामाजिक अभियान पनि भएको बताए । साइकल र्‍याली जस्ता विविध कार्यक्रम गरी सामाजिक उत्तरदायित्व वहनमा अन्‍नपूर्णले अग्रणी भुमिका निर्वाह गर्दैआएको बताए ।

स्वागत मन्तव्य व्यक्त गर्दै अन्‍नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले क्यान्सर विरुद्धको जनचेतना जगाउन साइकल र्‍यालीले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्तले क्यान्सरको विरुद्ध जनचेतना जगाउँदै यसको नियन्त्रण गरिनुपर्ने बताएका थिए ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको साइकल र्‍याली शनिबार सञ्चालन भएको हो ।

साइकल र्‍यालीको यो छैटौं संस्करण हो । अन्नपूर्ण मिडिया नेटवर्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम ‘अन्नपूर्ण सम्बन्ध’ मार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दैआएको छ । साइकल र्‍याली पनि त्यसैको एउटा पाटो हो ।

र्यालीमा हजार भन्दा धेरैको सहभागिता छ । र्यालीमा सुरक्षा निकायका प्रमुख, विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि, विदेशी नियोगका प्रमुख, निजामती कर्मचारी, चिकित्सक, खेलाडी, व्यवसायी र कलाकारको समेत सहभागिता थियो । र्‍यालीलाई नेपाल साइक्लिङ संघले प्राविधिक सहयोग गरेको छ ।

शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु र्‍याली गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर टुंगिनेछ । र्‍यालीको दूरी २१ किलोमिटर रहेको बताइएको छ । सहभागी साइक्लिस्टको साइकल बिग्रिएमा मर्मतका लागि स्टलको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । साइकल मर्मतको व्यवस्था प्याङ्क बाइकले गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.