अमेरिका असहयोगी : चीन

अमेरिका असहयोगी : चीन

चीन : चीनले कोरोना भाइरसलाई लिएर अमेरिका असहयोगी हुँदै अनावश्यक चासो राखेको दाबी गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले सोमबार यस्तो धारणा सार्वजनिक गरेकी हुन्।

इन्टरनेटमार्फत पत्रकार सम्मेलन गर्दै यिङले कोरोना भाइरसविरुद्धको युद्ध जित्ने पनि विश्वास व्यक्त गरिन्। उनले चीनले पारदर्शी तथा जिम्मेवारीपूर्वक अन्तरराष्ट्रिय समाजसँगको सहयोगलाई सबल पारेर चिनियाँ नागरिक तथा चीनमा रहेका विदेशीको स्वास्थ्यको उच्च महत्व दिँदै प्रभावकारी कदम चालेर संरक्षण गर्दै जाने पनि प्रवक्ता ह्वाले स्पष्ट गरिन्।

प्रवक्ता ह्वाले अमेरिकाले विश्व स्वास्थ्य संगठनको नियमविपरीत आवश्यकताभन्दा बढी चासो राखेको पनि बताइन्। अमेरिकाले आफ्ना नागरिकलाई उच्च जोखिम रहेको भन्दै चीनको भ्रमण नगर्न आदेश दिएको थियो। अमेरिकाले चीनबाट जाने चिनियाँ र पछिल्लो समय चीन भ्रमण गरेका विदेशीलाई अमेरिका प्रवेशमा अस्थायी रोक लगाएको छ। ह्वाले अमेरिकाबाहेक विश्वका प्रायजसो मुलुकले चीनले चालेका कदमको प्रशंसा र समर्थन गरेको पनि बताइन्। उनले भनिन्, ‘जहाँसम्म मलाई थाहा छ, अमेरिकी सरकारले अहिलेसम्म चिनियाँ पक्षलाई कुनै ठोस सहयोग गरेको छैन।’ उनले अमेरिकाले सर्वप्रथम वुहानबाट त्यहाँ रहेका अमेरिकी महावाणिज्य दूतावाससहित अमेरिकी नागरिकलाई फिर्ता लगेको पनि बताइन्।

फेब्रुअरी २ तारिखसम्म चीनमा रहेका १६ जना विदेशीलाई कोरोना भाइरस लागेको र तीमध्ये २ जनाको उपचार भई फर्किसकेका छन्। १४ जनाको अवस्था स्थिर रहेको भन्दै चीनमा रहेका विदेशीहरू चिन्तित हुनु नपर्ने पनि प्रवक्ता ह्वाले बताइन्। साथै भाइरसबाट अतिप्रभावित हुपई प्रान्तले त्यहाँ रहेका विदेशीका लागि २४ घण्टे हटलाइन उपलब्ध गराएको र बहुभाषिक माध्यमबाट सेवा दिइरहेको पनि स्पष्ट पारिन्।

यसैबीच नेपालले पनि हुपई प्रान्तबाट १८० जना नेपाली विद्यार्थीलाई फिर्ता लैजाने भएको छ। भाइरसबाट सबैभन्दा प्रभावित वुहानका साथै चिङचौ, चिङमन, अनसी, शयान र यिछाङ शहरबाट विभिन्न विश्वविद्यालयमा अध्ययनरत १३८ छात्र र ४२ छात्रा नेपाल फर्कने भएका हुन्। उनीहरूमा कुनै संक्रमण देखिएको छैन। साथै वुहानलगायतका शहरमा कुनै समस्या नभए तनाव बढेका कारण स्वदेश फर्कन चाहेको बताएका छन्। यी विद्यार्थीलाई नेपाल सरकारले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो। दूतावास सबै प्रकिया चाँडोभन्दा चाँडो पूरा गर्ने कोसिसमा छ। नेपाली विद्यार्थीहरू सम्भवतः बुधबार नेपाल फर्कन पाउनेछन्।

‘यो समय तथ्यका लागि हो, भयका लागि होइन। यो समय विज्ञानका लागि हो, हल्लाका लागि होइन। यो समय एकताका लागि हो, निन्दाका लागि होइन।’ विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक डा. टेड्रोसले हालै यो भाइरस संक्रमणसँगै चीनमा स्वास्थ्य संकटकाल घोषणा गर्दै भनेका थिए। सोमबारसम्म भाइरसबाट ३६१ जनाको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.