भीरबाट लडेर एकको ज्यान गयो
दार्चुला : भीरबाट लडेर दुहुँ गाउँपालिका-३ का एक पुरुषको ज्यान गएको छ। ब्रह्मदेव बाटामुनी बस्ने अन्दाजी ४५ वर्षीय धनपती कार्कीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
जिल्ला सदरमुकाम खलंगाबाट घर जाने क्रममा सोमबार साँझतिर महाकाली नगरपालिका-१ को कलौन भीरबाट लडेर ज्यान गएको हो। मृतक कार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !