यौन सम्बन्धपछि पैसामा कुरा नमिल्दा हत्या

यौन सम्बन्धपछि पैसामा कुरा नमिल्दा हत्या

हेटौंडा : अजिता भुजेल गत माघ ३ गते राति सदा झैं ग्राहकको खोजीमा सडकमा निस्किइन्। तेस्रो लिंगी भुजेल ग्राहक खोेज्दै पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा ११ थानाभर्‍याङमा पुगिन्।

ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक सिमोन परियार पनि माघ ३ गते साँझ यौनकर्मी महिलाको खोजीमा ट्रक लिएर हेटौंडा बजार निस्किए। हेटौंडा १० स्थित बसपार्कमा पुगेपछि उनी साथी सुशिल थापा मगरलाई लिएर थानाभर्‍याङतर्फ यौनकर्मीको खोजीमा हिँडे। राति करिब साढे १ बजे उनीहरूको भेट अजितासँग भयो। झट्ट हेर्दा आकर्षक महिलाजस्तै देखिने हेटौंडा ४ की २९ वर्षीय तेस्रो लिंगी अजितासँग उनीहरूको ७ हजार रुपैयाँमा ४ जनाले यौन सम्बन्ध राख्ने सहमति भयो।

स्कुटर सडक किनारमा राखेर अजिता र सुशिलसँगै अन्य २ युवा ट्रकमा चढे। डेढ घण्टा ट्रकमा सँगै बिताएपछि जब पैसा लेनदेनको कुरा भयो, सहमतिअनुसार अजितालाई पैसा दिन युवक तयार भएनन्। ‘विवाद बढ्दै जाँदा गाडीमै रहेको बिजुलीको तारले घाँटी बाँधेर अजिताको हत्या गरी माघ ५ गते बिहान करिब साढे ३ बजे हेटौंडा ५ स्थित सडक किनारमा शव फालेर फरार भएको अनुसन्धानले देखाएको छ’, मकवानपुर प्रहरी प्रमुख एसपी सुशिलसिं राठौरले भने। मकवानपुर प्रहरीले हेटौंडा–९ बस्ने वर्ष १८ का परियार, हेटौंडा–४ बस्ने वर्ष २५ का मगरसँगै हेटौंडा–११ बस्ने वर्ष २० की एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल र हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामालाई सार्वजनिक गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.