वडाध्यक्ष हत्या प्रकरण : अनुसन्धानका लागि सात नियन्त्रणमा

वडाध्यक्ष हत्या प्रकरण : अनुसन्धानका लागि सात नियन्त्रणमा

अछाम : पञ्चदेवल विनायक-२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याको अनुन्धानका लागि सात जनालाई नियन्त्रणमा लिएको छ। मृतक वडाध्यक्ष धामीसँगै सोमबार रातीसँगै रहेका सात जनालाई प्रारम्भीक अनुन्धानका लागी नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक तथा प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए।

प्रहरीका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको छ।

अहिले प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठसहित राजनीतिक दल र मृतकका आफन्तबीच शव पोष्टमार्टमका लागि लैजानेबारे छलफल भइरहेको छ। मृतकका आफन्तले दोषी पत्ता नलागेसम्म शव उठाउन नदिने बताएका छन्। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.