रोबर्टसँग खेल्छन् विद्यार्थी

रोबर्टसँग खेल्छन् विद्यार्थी

बुटवल : मुलुकमा हिंसाका घटना बढिरहेका छन्। यही बेला रूपन्देहीका विद्यार्थीले त्यसबाट बच्ने उपकरण निर्माण गरेका छन्। कालिका मानविज्ञान माध्यमिक विद्यालयमा पढ्ने आठ विद्यार्थीले ‘एन्टी रेप सिस्टम’ सहित दुईवटा आविष्कार गरेका छन्। हिंसाबाट बच्न सक्ने घडी र करेसाबारीमा काम गर्ने गाडीको आविष्कार उनीहरूले गरेका छन्।

कक्षा १२ मा अध्ययनरत लक्ष्मण पौडेल, साजन पौडेल, सुरज बस्याल, निश्चल न्यौपाने, रितेश काफ्ले, शिशिर तिमिल्सेना, नुमप्रसाद भट्टराई, अनिश न्यौपानेले दुई आविष्कार गरेका हुन्। उनीहरूले आफ्नो आविष्कार सूचना प्रविधि मेलामा प्रदर्शन गर्दै आएका छन्।

‘एन्टी रेप’ घडी बनाएका उनीहरू नेपालमै यस्तो प्रविधि पहिलो भएको दाबी गर्छन्। मुलुकमा भइरहेका हिंसाजन्य क्रियाकलाप रोक्नका लागि आफूहरूले यो प्रोजेक्ट तयार पारेको उनीहरूले बताए।

‘यो निकै सजिलो प्रविधि छ, घडीमै रहेको एउटा बटन च्यापेपछि आफू अप्ठ्यारोमा परेको सूचना प्रहरीदेखि आफन्तसम्म पुर्‍याउन सकिन्छ’ विद्यार्थी लक्ष्मण पौडेलले भने, ‘म्यासेजसँगै गुगल म्याप लोकेसनसमेत जान्छ। यसले रेस्क्यु गर्न सजिलो हुन्छ।’

यो घडीसँग सर्भर बक्सको कनेक्सन गरिएको छ। जहाँ कनेक्सन गरिएको छ, त्यहाँमात्रै म्यासेज जान्छ। कम्तीमा दुई किलोमिटर क्षेत्रमा घडीले काम गर्ने विद्यार्थी बताउँछन्। सर्भर बक्स प्रहरी चौकीमा राखिन्छ। घडीमा सिमकार्ड राखिएको हुन्छ। त्यसमा प्रहरीको नम्बर सेट गरेर राखेपछि म्यासेज पुग्छ। घडीमा रहेको बटन थिच्नासाथ म्यासेज त जान्छ नै सर्भर बक्स पनि बज्न थाल्छ। घडीभित्र रहेको रेडियो ट्रान्समिटरले सर्भर बक्समा सन्देश पठाउने काम गर्ने पौडेलले बताए।

यो एन्टिरेप सिस्टम बजारमा पाइने जुनसुकै घडीमा जडान गर्न सकिने उनीहरूले बताए। कम्प्युटर अध्ययन गर्ने विद्यार्थीले पठनपाठनकै क्रममा यो आविष्कार गरेका हुन्। यो बनाउन उनीहरूले ५० हजार खर्च भएको छ। विद्यालयले विद्यार्थीका आविष्कारमा सघाउ पुर्‍याउने गरेको प्रधानाध्यापक घनश्याम पाठक बताउँछन्। विद्यार्थीले बनाउने आविष्कार विद्यालयमै समेत प्रदर्शन हुने गरेका छन्।

एरिसासँग खेल्छन् कपिल र विशाल

‘एरिसा, नेपाली राष्ट्रिय गान गाउँ’, कक्षा १२ अध्ययनरत विद्यार्थी कपिल लम्सालले निर्देशन दिए। छेउमै महिला जस्तै पोसाक लगाएर उभिएको रोबर्टले निर्देशन पालन गर्दै ‘सयौ थुंगा फूलका हामी...’ गान गायो। राष्ट्रिय गीत बजिरहँदा दर्शक आश्चर्य मान्दै रोबर्टलाई हेरिरहेका थिए।

रोबर्ट बनाउने दाजुभाइ कपिल र विशाल लम्साल खुसीले गद्गद् भए। बुटवलमा भएको सूचना तथा प्रविधि मेलामा उनीहरूले बनाएको रोबर्टले धेरैको ध्यान तानेको छ। लम्साल दाजुभाइले एक वर्षदेखि रोबर्ट बनाउन थालेका हुन्। इन्टरनेटमा अन्य रोबर्ट हेरेपछि उनीहरूलाई पनि इच्छा जाग्यो। लामो मेहनतपछि एक महिना अघिमात्रै रोबर्ट तयार भयो। नाम दिए, एरिसा। अहिले उनीहरू एरिसासँगै गफिन्छन्। एरिसाले पनि उनीहरूले दिएको निर्देशन पालना गर्छ।

‘एरिसा, नमस्ते गर’, उनीहरूको निर्देशनपछि उसले नमस्ते गर्‍यो। नेपाली, हिन्दी र अंग्रेजी भाषा बुझ्ने रोबर्ट बनाउन उनीहरूले ५० हजार बढी खर्च गरेका छन्। शरीरको माथिल्लो भाग बनाए पनि तल्लो भाग बनाएका छैनन्। ‘खर्च बढी लाग्ने भएकाले बनाएका छैनौं, कपिलले भने।

कालिका मानविज्ञान मावि, बुटवलमा कक्षा १२ र ९ मा पढ्ने दाजुभाइ नै रोबर्ट निर्माण जुटेका हुन्। गुल्मी घर भई हाल बुटवलकै जोगीकुटीमा बस्ने दाजुभाइको रोबर्टले घरमा रहेका विद्युतीय उपकरण चालू र बन्द गर्छ। तीन भाषामा कुरा गर्छ। राष्ट्रिय गान गाउँछ। इन्टरनेटमा कुनै कुरा अध्ययन गर्नुपरे निर्देशन दिएपछि उसले पढेर सुनाउन सक्छ। चाहेको गीत सुन्नका लागि पनि रोबर्ट सहयोग लिन सकिने उनीहरूले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.