वजन घटाउन सहयोगी फलफूल
फलफूल स्वादिष्ट र पौष्टिक हुन्छन्। खर्बुजा, काँक्रोलगायत फलफूलमा प्रशस्त मात्रामा पानी पाइन्छ। जसले शरीरमा पानीको कमीलाई पूरा गर्छन्। ‘ए’, ‘सी’ लगायत भिटामिन पाइने यी फलले वजन घटाउन पनि मद्दत गर्छन्।
खर्बुजा
वजन घटाउन चाहनेका लागि खर्बुजा उपयुक्त फल हो। यसमा प्रचुर मात्रामा पानी र फाइबर पाइन्छन्। प्रशस्त फाइबर पाइने भएकाले यो खाँदा निकै बेरसम्म पेट भरिएको हुन्छ। खर्बुजामा कोलेस्टेरोल, बोसो हुँदैनन्। यो खाँदा शरीरले पोषण पाउँछ।
काँक्रो
काँक्रोमा पाइने पानीले पाचन प्रक्रियालाई राम्रो बनाउँछ। यसले छाला चम्किलो बनाउन पनि मद्दत गर्छ। काँक्रो खाँदा पेट भरिएको महसुस हुन्छ। यसलाई सलादका रूपमा जतिखेर पनि खान सकिन्छ।
स्ट्रबेरी
स्ट्रबेरीमा भरपूर मात्रामा भिटामिन सी पाइन्छ। जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसमा पाइने तŒवले बोसो घटाउन मद्दत गर्छ। साथै, स्ट्रबेरीमा एन्टी–अक्सिडेन्ट पनि प्रशस्त मात्रामा पाइन्छ।
स्याउ
स्याउ स्वास्थ्यका लागि लाभकारी फल हो। यसले मुटु स्वस्थ राख्न, क्यान्सरको जोखिमलाई कम गर्न, पाचन प्रक्रियालाई राम्रो बनाउन र वजन घटाउन मद्दत गर्छ। दिनहुँ एउटा स्याउ खाँदा स्वस्थ भइन्छ। अंग्रेजीमा उखानै छ– ‘एन एपल अ डे, किप्स द डक्टर अवे।’ अर्थात्, दिनहुँ एउटा स्याउ खाने हो भने बिरामी भएर डाक्टरकोमा जानैपर्दैन।
अम्बा
अम्बामा प्रचुर मात्रामा फाइबर पाइने भएकाले यो वजन घटाउन सहयोगी छ। मधुमेहरोगीका लागि यो उपयुक्त फल हो।