फुपूभदैनी मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष

फुपूभदैनी मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष

अछाम : ढकारी गाउँपालिका ८ मा फुपूभदैनी मृत्यु प्रकरणमा प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले हत्या भएको ठहर गरेको हो। 

१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको हो। बाख्रा चराउन गएका बेला यही माघ १२ गते ढकारी १ को छिन्नेओडारको जंगलमा शव फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय अछाम, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले ढुंगा प्रहारबाट मृत्यु भएको निष्कर्षमा पुगेको हो। 

यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। मृतकका आफन्तले घटनामा संलग्न भन्दै प्रहरीले पक्राउ गरेको १५ र १७ वर्षीया किशोरले घटनामा संलग्नता रहेको स्वीकार गरेका छन्। 

पक्राउ परेका दुवै किशोर ढकारी गाउँपालिका ३ का रहेका छन्। उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुल्न आएको छ। प्रहरीका अनुसार आरोपीहरुले मायाको चिनो स्वरूप चुन्नी मागेका थिए। चिनो स्वरूप मृतक ईसराले चुन्नी दिइन् तर सरस्वतीले चुन्नी दिइनन्। 

सोही क्रममा इसरा बाख्रा फर्काउन गएका बेला १७ वर्षीया किशोरले सरस्वतीसँग यौन प्रस्ताव राखे। सरस्वतीले विहे गर्ने शर्तमा मात्र यौन सम्पर्क गर्न दिने भनेपछि किशोरले अहिले उमेर सानै भएकाले ५-६ वर्षपछि वहे गर्ने भन्दै यौन प्रस्ताव राखेको र सरस्वतीले अस्वीकार गरेपछि रिसको झोकमा ढुंगाले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इसराले उक्त घटनाबारे कसैलाई नभन्ने आरोपीको प्रस्तावलाई अस्वीकार गर्दा उनको ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । घटनालाई भवितव्य देखाउन माथिबाट ढुंगाहरु खसालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.