पाटन विमानस्थलमा कालोपत्रे सम्पन्‍न

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्‍न

बैतडी : पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएको छ । २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्न सुरु गरिएको भएपनि ढिलो गरी कालोपत्रे सम्पन्न भएको हो । कालोपत्रे सकिए लगत्तै किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिए । 
विमानस्थल कालोपत्रे लक्ष्य भन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको हो ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो।

विमानस्थल कालोपत्रेका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्‍का सम्झौता भएको थियो ।पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो । विविध कारणले २०५२ सालदेखि विमानस्थल बन्द भएको हो।

त्यतिबेला पहाडि जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । 

तत्काल विमानस्थल सञ्चालनमा नआउने 

पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएपनि तत्काल विमानस्थल सञ्चालनमा आउने अवस्था भने छैन् । विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ ।

टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्‍का समेत भएको छैन् । त्यसकारण विमानस्थल कालोपत्रे भएपनि तत्काल सञ्चालन नआउने बताइएको छ । चाँडै सञ्चालनमा ल्याउनका लागि सरकारले टर्मिनल भवन निर्माणको काम अघि बढाउनुपर्ने पाटनका स्थानीय लक्ष्मण विकले बताए ।

पाटन विमानस्थल सञ्चालनमा आएमा धार्मिक पर्यटक भित्र्याउन सकिने स्थानीयको बुझाइ छ। सात बहिनी भगवतीका मन्दिर, सात भाइ केदारका मन्दिर, पातालभुवनेश्वर, सिगासधुरा र उदयदेवलगायतका प्रसिद्ध धाम रहेका छन्। विमानस्थल सूचारु भएमा जिल्लामा धार्मिक पर्यटक बढ्ने संभावना छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.