सिन्धुलीमा गाँजा खेती बढ्दै

सिन्धुलीमा गाँजा खेती बढ्दै

सिन्धुलीः संसदमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग उठिरहेका बेला सिन्धुली जिल्लामा ठूलो परिमाणमा गाँजा खेती हुँदै आएको प्रहरीको तथ्यांकले देखाएको छ।

यो गत साउनयता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तयार पारेको तथ्यांकअनुसार जिल्लाको पश्चिम मरिण र हरिहरपुरगढीमा नै २ सय ७३ बिघामा गाँजा खेती गरिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले गरेको विशेष सर्चमा निजी, सामुदायिक र चुरे क्षेत्रको वन फडानी गरेर समेत गाँजा खेती गरेको फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी श्यामकुमार खत्रीले जानकारी दिए। उनका अनुसार सिन्धुली प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लागुपदार्थ दुव्र्यसनी नियन्त्रण महाशाखासहितको टोलीले ७ महिनामा जिल्लामा ७५ सर्च गरेको छ।

‘सर्चमा ठूलो परिमाणमा अवैध गाँजा खेती हुँदै आएको पाइएपछि २ सय ७२ बिघा १७ कठ्ठा ११ धुरमा लगाएको गाँजाको बेर्ना र तयारी गाँजा नष्ट गरेका छौं’, उनले भने। यस्तो गाँजा प्रति कठ्ठा ५ लाख रुपैयाँ बराबर खेती हुने गरेको उनको भनाइ छ। नष्ट गरिएको गाँजा २ अर्ब ७२ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको अनुमान छ।

केही दिन अघिमात्र झन्डै ७० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजा खेती नष्ट गरि ५५ किलो तयारी गाँजासहित ६ जनालाई नियन्त्रणमा लिएको उनले बताए। जिल्लामा गत साउनयता गाँजालगायत लागुपदार्थ दुव्र्यसनीका ८ उजुरीमा २९ जना नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ।

मरिण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ र हरिहरपुरगढीका वडा नम्बर ४, ६, ७ र ८ मा धेरैजसो गाँजा खेती हुने गरेको छ। यहाँ जंगलको बीचमा वन फँडानी गरेरसमेत गाँजा खेती गरेको भेटिएको छ। प्रहरी अनुसन्धानले सिन्धुली लागुपदार्थ ओसारपसारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको पाइएको डीएसपी खत्रीले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.