सिन्धुली आउनेलाई जुनार कोशेली

सिन्धुली आउनेलाई जुनार कोशेली

खनियाखर्क (सिन्धुली): सिन्धुलीको वीपी राजमार्गहुँदै यात्रा गर्नेहरुको रोजाइमा सिन्धुलीको जुनार पर्न थालेको छ। बनेपा-सिन्धुली-बर्दीवास (वीपी) राजमार्ग हुँदै राजधानी काठमाडौं भित्रने र काठमाडौंबाट यही राजमार्गहुँदै तराई तथा पूर्वी पहाडि जिल्ला आवत-जावत गर्ने यात्रुको रोजाइमा यहाँको स्वादिलो फल जुनार पर्न थालेको हो ।

जिल्लाको गोलन्जोर गाउँपालिका ५ सिन्धुलीको खनियाखर्क बजार पहेलपुरा भएर पाकेको जुनारले ढपक्क ढाकेपछि यहाँहुँदै यात्रा गर्नेले जुनारलाई कोसेलीका रुपमा समेत लिएर जाने गरेका छन्। 

जुनारको स्वाद थाहा पाएका देखि स्वाद चाख्नेको समेत खनियाखर्कको जुनार रोजाइ बन्दै गएपछि यहाँ गाडी रोकेर जुनार खरिद गर्न यात्रु र सावारीको चाप समेत बढ्दै गएको छ । छिल्लो समय खनियाखर्क बजारले जुनार बजारका रुपमा आफ्नो पहिचान बदली दिएको छ ।  मोटरसाइकलदेखि ठूला सवारी साधनमा यात्रा गर्नेहरुले समेत आफन्तका लागि सिन्धुली जिल्लाकै कोसेलीका रुपमा जुनारलाई लिन थालेका छन् ।

काठमाडौंबाट झापातर्फ गइरहेको सप्तकोसी यातायाताको हायसका यात्रु समिर बस्नेत खनियाखर्क बजारमा आफन्तका लागि कोसेली लैजान जुनार किन्दै भने, 'सिन्धुलीको जुनार निक्‍कै रसिलो लागेपछि आफन्तलाई कोसेलीका रुपमा जुनार खरिद गरेको हुँ।यहाँ आइपुगेपछि हरेक वर्षजसो जुनार परिवार र आफन्तका लागि लैजाने गरेको छु।'

बस्नेतजस्ता अधिकांश यात्रु यहाँको जुनार नलिइ जाँदैनन्। जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जुनार सुपरजोन) संचालनमा आएपछि खनियाखर्क बजारमा जुनारलाई प्रमुख प्राथमिकका साथ बिक्रीका लागि राखिएको छ । 

परियोजनाले जुनारमा लागेको रोगकिराको समेत नियन्त्रण गरेपछि स्वादिलो र गुणस्तर जुनार खरिदका लागि यात्रुहरुको प्रमुख रोजाइ बन्ने गरेको व्यापारी बताउँछन् । यहाँ प्राय गरेर जुनार कृषक स्वयमले जुनार बिक्रीका लागि राख्ने गरेको जुनार कृषक निर्मलकुमार रम्तेले बताउँछन् । 'यहाँ राजमार्गमा यात्र गर्नेहरु जुनारका मुख्य ग्राहक हुन् । यहाँको जुनार यात्रुका आफन्तका लागि मुख्य कोसेलीजस्तै बनेको छ,' उनले भने ।

जतीसुकै हत्तारमा गुडेका सवारीलाई पनि यात्रुले जुनार किन्नका लागि रोक्न लगाउने गर्दा जिल्लामा उत्पादित जुनारलाई बजार खोज्दै अनेत्र बजारमा लैजानुपर्ने अवस्था समेत नभएको रम्तेलले बताए । 

जिल्लामा यस वर्षमात्र ८ हजार ८ सय ८१ मेक्ट्रीकटन जुनार उत्पादन भएको छ । खनियखर्कमा हाल ९० देखि १ सय ३० रुपैयाँ किलोसम्ममा जुनारको कारोबार हुने गरेको छ । यहाँ जुनार कृषक र ब्यापारी गरी झण्डै दुई दर्जनबढी जुनारका स्टलहरु रहेका छन् । जिल्लामा यस वर्ष जुनार विक्रीबाट कृषकले मात्र १२ करोड रुपैयाँ आम्दानी गरिसकेको जुनार कृषक कृषक दिनेश सापकोटोको भनाइ छ ।  

विगतका वर्षमा जुनारमा फल कुहाउने औषा झिगा (चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स)को प्रकोप देखिएपनि यस वर्षबाट जुनार सुपर जोन कार्यालयले किरा नियन्त्रण विधि अपनाएपछि न्युनिकरणमा आएको जुनार सुपरजोनका प्रमुख देवराज अधिकारी बताउँछन् । 

जिल्लामा जुनारमा लाग्ने किराको नियन्त्रण गरिएसँगै सिन्धुली जिल्लाको जुनारले सहजरुपमा बजार पाएको छ । सिन्धुली जुनार उत्पादनका दृष्टिले राजधानी मानिन्छ । यहाँ १ हजार ३ सय ४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिँदै आएको छ । 'सिन्धुली र जुनार एक अर्काको पर्याय वाचीनै बन्न पुगेको छ । यसले यहाँका महाभारत क्षेत्रका कृषकको मुख्य आम्दानीको श्रोत समेत बनाएको छ,' अधिकारीले थपे ।

जुनारबाटमात्र जिल्लामा ५ हजारबढी कृषकले रोजगार पाउँदै आएका छन् । नेपाल भ्रमण वर्ष २०२० का लागि सिन्धुलीमा आउने आन्तरिक तथा बाह्य पर्यटले समेत जुनारको बगैचाको अवलोकन गर्ने र जुनारको फल लैजाने गरेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.