एमबीबीएस पढेर ‘ह्याचरी उद्योग’ (भिडियोसहित)
दाङ : रुकुम मुसिकोटका राजक केसीको शैक्षिक योग्यता एमबीबीएस हो। फिलिपिन्समा एमबीबीएस अध्ययन गरेर नेपाल फर्किएका उनी अहिले लोकल कुकुराको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग सञ्चालक हुन्।
राजन डाक्टर बन्ने उदेश्यले फिलिपिन्समा एमबीबीएस पढ्न गएका थिए तर देश फर्किएपछि उनी कृर्षितर्फ मोडिए। उनले अहिले भिनाजुसँगको सहकार्यले पश्चिम नेपालकै नमुना र एक मात्रै लोकल कुखुरा उत्पादन केन्द्र स्थापना गरेको बताए।
डाक्टरको सपना त्यागेर पोल्र्टी फार्म व्यवसयामा लागेको केसीले बताए। ‘मबीबीएस अध्ययन गरेर लोकल कुखुरा उत्पादनको लागि ह्याचरी उद्योगमा लागेको छु’, उनले भने, ‘युवाले व्यवसयामा हात हाल्दा सकारात्मक सन्देश जाने छ।’ यो लोकल कुखुराको चल्ला उत्पादनका लागि दाङको पहिलो ह्याचरी उद्योग हो।
तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी दमारगाउँमा दुई युवाले झण्डै २ करोड ५० लाखको लगानीमा लोकल कुखुरा उत्पादन गर्न ह्याचरी उद्योग सञ्चालनमा ल्याएका हुन्।
रुकुम मुसिकोटका राजन केसी र काभ्रेका रामकुमार अधिकारीले लोकल कुखुरा पालन फार्म र लोकल कुखुराका चल्ला उत्पादनका लागि ह्यारी उद्योग सञ्चालनमा ल्याएको बताए। लोक कुखुराको माग अत्यधिक रहेको र उत्पादन व्यवसायीक रुपमा कमै मात्रै भएकाले उत्पादन बढाउन ह्यारी र पोल्ट्री फार्म सञ्चालनमा ल्याएको सञ्चालक रामकुमार अधिकारीले बताए।
राजक केसी र रामकुमार अधिकारीले सालाभेना हुन्। जिल्लामा पहिलो पटक स्थानीय जातका कुखुरा उत्पादनको लागि २ करोड ५० लाखको लगानीमा ह्याचरी र लोकल कुखुरा पालन फार्म खोलेको सञ्चालक राम कुमारले बताए।
तुलसीपुर १३ फुलवारी दमार गाउँका एक वर्ष अघिदेखि ‘राइसा ह्याचरी एण्ड पोल्टी फार्म’ सञ्चालनमा ल्याइएको हो। एक सातमा ५ हजार नयाँ चल्ला उत्पादन गर्ने उदेश्यले ह्याचरी सञ्चालनमा आएको सञ्चालक अधिकारीले बताए।

५ बिघा क्षेत्रमा रहेको फार्मको निर्माण र सञ्चालनका लागि अहिलेसम्म २ करोड १८ लाख भन्दा बढी रकमा खर्च भइसकेको छ। यसबाट केही महिनादेखि आम्दानीसमेत सुरु भएको उनले बताए।
फार्ममा स्थानीय जातको न्यूहेम्सायर रातो, अष्ट्रोलयर कालो, साकिनी क्रस, ग्रामिण रैथाने लोकल, कटकनाथ, फाइटर, टर्की, लौकाठ, बट्टाईका साथै विदेशी विभिन्न प्रकारका कुखुरा रहेका छन्। सँगै साकिनी, प्याँख उल्टे, घाँटी खुइलेलगायतका रहेका छन्।
अहिले खोरमा एक दिनदेखि एक वर्षसम्मका लोकल कुखुरा रहेका छन्। ह्याजरीबाट उत्पादित चल्ला प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने गरेका छन्। स्थानीय उत्पादनलाई जोड दिने उदेश्यले लोकल कुखुरा उत्पादन सुरु गरेको बताए।
दाङको फुलवारीमा स्थापना गरिएको राइसा ह्याचरी एण्ड पोल्टी फार्ममा उत्पादन गरिएका लोकल कुखुरा।
प्रतिक्रिया दिनुहोस !