मजदुरलाई निःशुल्क स्वास्थ्य बिमा

मजदुरलाई निःशुल्क स्वास्थ्य बिमा

सिन्धुली : कमलामाई नगरपालिका–३ चपौलीकी हर्कीमाया सार्कीलाई बिहान–बेलुका चुलो बाल्नै मुस्किल छ। दिनरातको श्रमबाट आउने सामान्य ज्यालाले परिवारमा चुलो बले पनि औषधोपचारमा निकै समस्या हुने गर्छ। लामो समयदेखि दम र ढाडको समस्याले पीडित सार्कीलाई परिवारको उपचार खर्च अभावले वर्षौंदेखि पिरोल्दै आएको थियो।

तर, गत माघमा कमलामाई नगरपालिका सिन्धुलीले उनलाई एक लाख रुपैयाँको निःशुल्क बिमा गरिदियो। नगरले एक लाख रुपैयाँ बराबरको परिवारकै निःशुल्क स्वास्थ्य बिमा गरिदिएपछि स्वास्थ्योपचारमा ढुक्क भएको उनले सुनाइन्। उनले भनिन्, ‘अब उपचारकै लागि कहाँबाट पैसा जम्मा गर्ने भन्ने चिन्ता हटेको छ।’

नगर प्रमुख खड्गबहादुर खत्रीले चपौली पुगेर हर्कीमाया र उनको परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्दै कार्ड हस्तान्तरण गरेका थिए। नगरपालिकाले उनीजस्ता चपौलीका ६ घरका २९ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। उनीहरूले जनही एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।

नगरका करिब ८ सय परिवार विपन्न श्रमिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजनाअनुसार ३ सय ९४ मजदुर परिवारका १ हजार ८ सय ४५ जनाको स्वास्थ्य बिमा गरिएको मेयर खत्रीले जानकारी दिए। ‘उनीहरूले अब ४ करोड ७० लाख रुपैयाँभन्दा बढीको उपचार सविधा पाउँछन्। बाँकी चार सयभन्दा बढीको छिट्टै बिमा गर्नेछौं’, उनले भने। नगरका १४ वटै वडाका सबै मजदुरको बिमा गर्दा उनीहरूले ८ करोड रुपैयाँभन्दा बढीको उपचार सुविधा पाउने गरी स्वास्थ्य बिमा गर्न थालिएको मेयर खत्रीले बताए। यसका लागि नगरले स्वास्थ्य बिमा कार्यविधि २०७६ बनाएर ३० लाख रुपैयाँ प्रिमियम रकमको व्यवस्थापन गरेको छ। नगरपालिकाले नगरभित्रका श्रमिक, गरिब तथा विपन्न, सीमान्तकृत लोपोन्मुख र तीन कठ्ठाभन्दा कम नम्बरी जग्गा भएका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य बिमा गर्दै आएको छ।

एक जना श्रमिकको २५ सय थप पाँच जनासम्मको ३५ सय र पाँचजनाभन्दा बढी भए प्रतिव्यक्ति थप १२ सय रुपैयाँका दरले थपेर नगरले प्रिमियम रकम बुझाउने गरेको छ। नगरका १४ वडामध्ये पहिलो चरणमा १, २, ३, ५, ६ र ७ वडाका श्रमिकको स्वास्थ्य बिमा गराई बाँकी वडामा बिमा गर्न थालिएको छ। नगरमा स्वास्थ्य बिमाका लागि १२ सय श्रमिकले निवेदन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.