अछाममा सुदूरपश्चिमकै ठूलो धनराशीको भलिबल प्रतियोगिता
अछाम : अछामको साँफेबगरमा सुदूरपश्चिम प्रदेशकै ठुलो धनराशीको भलिबल प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस फागुन ७ गते जिपी कोइराला प्रतिष्ठान जिल्ला शाखा अछामको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद ५ लाख सहित ट्रफी, मेडल तथा प्रमाण पत्र, द्वितीयलाई २ लाख ५० हजार सहित मेडल तथा प्रमाण पत्र, तृतीयलाई १ लाख ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र, सान्त्वनालाई ५० हजारसहित मेडल तथा प्रमाण पत्रको व्यवस्था गरिएको छ । साथै खेल अवधिभर विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको छ ।
शनिवार साँफेबगरमा पत्रकार सम्मेलन गरी स्वर्गीय पूर्व प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतीमा प्रजातन्त्र दिवसको अवसर पारी भलिबल प्रतियोगिताको आयोजना गरिएको जिपी कोइराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानाले बताए ।
प्रतिक्रिया दिनुहोस !