सरकारी छाप किर्ते प्रकरण : बस्नेतलाई थप पाँच दिन थुन्न आदेश

सरकारी छाप किर्ते  प्रकरण : बस्नेतलाई थप पाँच दिन थुन्न आदेश

धनगढी : सरकारी छाप र दस्तखत किर्ते गरि करोडौं राजस्व ठगेका धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेतलाई जिल्ला अदालत कैलालीले थप पाँच दिनको म्याद थपेर थुनामा राख्न आदेश दिएको छ।

नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएर करोडौंको औषधीको टेन्डर हात पारेका बस्नेतविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत किर्तेमा मुद्धा दर्ता गरेको छ। उनले गत मंगलबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।

अमित मेडिसिन, ड्रग सेन्टर र डिबी मेडिसिन नामका उनका तीन वटा कम्पनीले सुदूरपश्चिमका ठूलाठूला औषधीका ठेक्का हात पार्दै आएको थियो। उनका, व्यवसायीक साझेदार प्रदिप अग्रवाल प्रहरी समक्ष नआएकाले, उनलाई थप पाँच दिनका लागि थुनामा राख्न आदेश माग गरेको कैलालीका प्रहरी प्रवक्ता डिएसी दक्षकुमार बस्नेतले बताए।

बस्नेतका साझेदार अग्रवालले नआउँदासम्म प्रहरीले बस्नेतलाई बढीमा २५ दिनसम्म हिरासतमा राखेपछि मात्रै अदालतमा पठाउने छ। ‘तर बस्नेतका साझेदार अग्रवाल आएका छैनन्, उनको प्रहरीले खोजी गरेपनि उनी नेपालमा भेटिएका छैनन’ डिएसपी बस्नेतले अन्नपूर्ण अनलाइनसँग भने।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.