फेसबुकको दुरुपयोग कति ?

फेसबुकको दुरुपयोग कति ?

सामाजिक सञ्जाल फेसबुक आफैंमा नकारात्मक मिडिया होइन। यसलाई प्रयोग गर्ने कर्ताहरूको मानसिकता नकारात्मक भएकाले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोगका कारण कारण कतिपय मानिसका जिन्दगी नै अस्तव्यस्त हुन पुगेका छन्।

हरेक चिजको लत भएसम्म त्यसले मानिसको जीवनमा खासै असर पार्दैन तर कुलतको रूप धारण गरेपछि त्यसले केही मानिसको जिन्दगी नै बर्बाद हुने गरेको छ। फेसबुक दुरुपयोगले लत हैन, कुलतकै रूप लिइरहेको छ। फेसबुकको अति प्रयोगले मान्छेले आफन्त, साथीभाइ र नातेदार बिर्संदै गएको छ। बाहिरी व्यक्तिसँग नजिक र समाजका मानव–मानवबीच दूरी बढाएको छ। प्रकृतिमा रमाउने मानिस भौतिक संसारमा हराइरहेको र प्रकृतिलाई बिर्संदै गएको छ।

मास मिडियाभित्रको एउटा मुख्य माध्यमका रूपमा रहेको सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्दा समाजमा सकारात्मक परिणाम र दुरुपयोग गर्दा नकारात्मक परिणाम ल्याएको छ। कतिपय किशोर–किशोरीले आफ्ना घरपरिवारलाई जानकारी नै नदिई फेसबुकका माध्यमबाट बिहेसम्म गरेका छन्। फेसबुकको दुरुपयोगका कारण मानिसको मानहानि भएको, गोपनीयता भंग र चरित्र हत्या गरेको जस्ता समस्या आएका छन्। त्यस्तैगरी तस्बिरहरूको दुरुपयोग हुने गरेको छ। कतिपयले विशेषगरी राजनीतिक दलका नेता र चर्चित कलाकारहरूको तस्बिरको दुरुपयोग गरिरहेको भेटिएको छ।

फेसबुकले नेपालमा मात्र नभएर संसारमा तहल्का नै मच्चाएको छ। मार्क जुकरबर्गले सन् २००४ मा आफ्नो केटी साथी तथा अन्य साथीसँग कुरा गर्न यसको विकास गरेका थिए। तर आम व्यक्तिगत रिस पोख्ने काममा फेसबुक प्रयोग भएको छ। पारिवारिक सम्बन्धमा पनि यसले प्रत्यक्ष असर पारेको देखिन्छ। फेसबकमा अनलाइनमा कतिपय सुरुमा कुरा गर्ने, विस्तारै विभिन्न प्रलोभन देखाउने र मन नपरेपछि नराम्रा शब्द प्रयोग गर्ने घटना हिजोआज हुने गरेको छ।

यसका सकारात्मक पक्ष पनि छन्। फेसबुकले पुराना साथी भेटाइदिएको छ। टाढाटाढा रहेका घरपरिवारका मानिसमा भेटघाट गराइदिएको छ। बेखबर हुने अवस्था अन्त्य गरेको छ। बरोबर संवाद गर्ने सुविधा भएकाले परिवार र आफन्तबीच नजिकको सम्बन्ध विकास गरेको छ। यस भूगोलको एउटा कुनामा रहेको मानिस र अर्को कुनामा रहेको मानिसबीच सबैभन्दा छिटो भेट गराउने साधन भएको छ फेसबुक। त्यसैगरी कसैले पनि बाल्यावस्थादेखिका तस्बिर एल्बममा राख्थे। हिजोआज फेसबुकमा राख्न सकिन्छ।

सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्नु आफैंमा नराम्रो होइन, तर नकारात्मक रूपमा प्रयोग गर्ने बानीले यसको सकारात्मक पक्ष ओझेलमा परेका छन्। त्यसैले पनि कतिपयले सकारात्मक पक्षका लागिभन्दा पनि नकारात्मक विचार पोख्नका लागि उपयोग गर्ने गरेका छन्, यो राम्रो पक्ष होइन।

सामाजिक सञ्जाल उपयोग गरेका कारण कतिपयको जीवनस्तर धेरै सुधार भएको छ भने दुरुपयोगले खरानी भएको छ।

पछिल्लो समय मोबाइलविना मान्छे एकछिन पनि टिक्न नसक्ने अवस्था उत्पन्न भएको छ। मोबाइल र सामाजिक सञ्जालविना मान्छेलाई समय बिताउन साह्रै कठिन बनेको छ भने फेसबुक भए समय बितेको पत्तै पाउँदैन। कतिपयले खान बिर्सेका छन्, काम गर्न बिर्सेका छन्। घरको काम लथालिंग पारेका छन्। यस्तो परिस्थितिले मानिसको परिस्थिति कस्तो होला ? हिजोआज त मोबाइलमा लत बसेको छ ठूला मानिसका पनि। ६ महिना नपुुगेका कलिला बालबालिकालाई पनि मोबाइल दिएर भुलाउने गरिएको अवस्था छ। त्यसले बालबालिकाको मनस्थिति र मनोविज्ञानमा कस्तो असर पर्ला ? यसप्रति स्वयं अभिभावकले खै सोचेका ? अभिभावकमा पनि बालबालिकालाई मोबाइल दिएर आफू फुर्सदिलो भइन्छ भन्ने भ्रम छ। अझ टिक टक बनाउने कार्यले विद्यार्थीले आफ्नो स्कुलले दिएको गृहकार्य नगर्ने, यस्ता सामग्री बनाउँदा समय खर्चिने हुनाले अन्य सृजनात्मक रचना गर्न विद्यार्थीले बिर्सेको प्रत्यक्ष देख्न सकिन्छ।

अर्कातिर मोबाइल र सामाजिक सञ्जाल बरोबर प्रयोग गर्दा त्यसले बालबालिका तथा अन्यमा कस्तो प्रभाव पार्ला ? सामाजिक सञ्जालमा समावेश भएका सामग्रीले सबै समयमा सकारात्मक सन्देश दिन्छन् भन्ने हँुदैन, नकारात्मक पनि दिनेछ। यस अवस्थामा ऊर्जाशील दिमागमा नकारात्मक सन्देश मात्र भरिँदा त्यसले नकारात्मक पक्षलाई मात्र विकास गर्छ, जुन घातक हो।

सामाजिक सञ्जाल उपयोग गरेका कारण कतिपयको जीवनस्तर धेरै सुधार भएको छ भने दुरुपयोगले खरानी भएको छ। अरू व्यक्तिका नकारात्मक विचार पोस्ट् हँुदा त्यसले कतिपयको जीवन जिउन नसक्ने परिस्थिति उत्पन्न गर्नेछ। यस्ता प्रवृत्तिलाई नियन्त्रण, आफूलाई मन परेका कुराको तारिफ र अरूका विचारको सम्मान गरी अघि बढ्न सके सामाजिक सञ्जाल अधिकांशका लागि वरदानै हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.