१३ किलोको त्यो माला

१३ किलोको त्यो माला

धनगढी : निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बुधबार दिउँसो धनगढी विमानस्थल भएर सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुगे। कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदेशस्तरीय महोत्सव तथा कञ्चनपुर महोत्सवमा १३ किलोको मालाले उनलाई स्वागत गरेको थियो। उनका लागि यही माला अन्तिम रह्यो।

नेकपाबाट सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, संघीय सांसद डा. दीपकप्रसाद भट्ट, संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्त रूपमा बाँस्कोटालाई १३ किलोको माला लगाइदिएका थिए। माला पहिरिएपछि उनको मुस्कान देखिएको छ। तर, बिहीबार कञ्चनपुरको महेन्द्रनगरबाट दक्षिणी क्षेत्र पुनर्वास नपुग्दै उनले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भयो। उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्विस कम्पनीका नेपाल एजेन्ट भनिएका विजयप्रकाश मि श्रसँग ७० करोड कमिसनको कुरा गरेको अडियोमा सुन्न सकिन्छ।

सरकारले सुरुमा प्रेस खरिदको जिम्मा स्विस कम्पनीलाई दिने भने पनि पछिल्लो समय जर्मन कम्पनीलाई दिन लागेपछि मि श्रले अडियो सार्वजनिक गरेका हुन्। एकाएक अडियो बाहिरिएको थाहा पाएका बाँस्कोटाले पुनर्वासमा कार्यकर्तासँग भेटघाट गर्दा आफूले गल्ती गरेको भेटिए जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको प्रतिक्रिया दिए।

पत्रकार सहभागी नभएको पुनर्वासको कार्यक्रममा उनले बोलेका कुरा पनि भाइरल भयो। उनी बिहीबार काठमाडौं फर्किने जानकारी पाएका पत्रकारले बाँस्कोटालाई पछ्याउन सुरु गरे। केही पत्रकार पुनर्वासतिरै लागे भने त्यहाँ पुग्न नसकेकाहरू धनगढी विमानस्थलसम्म बाँस्कोटाको प्रतिक्रियाका लागि दगुरे। पुनर्वास प्रदेश राजधानी धनगढीबाट २५ किलोमिटर दूरीमा पर्छ।

उनले भने आफू काठमाडौं पुगेपछि मात्रै बोल्ने भनेर पत्रकारलाई टारे। ‘हामीले विमानस्थलमै प्रतिक्रियाका लागि अनरोध ग¥यौं तर उनले बोल्न मानेनन्’, धनगढी विमानस्थल पुगेका एका पत्रकारले भने, ‘उनको अनुहारमा चमक थिएन।’

बाँस्कोटा कञ्चनपुरमै रहेका बेला प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतले बतायो। अधिकांश मन्त्रीले आफूविरुद्ध समाचार आए खासै प्रतिक्रिया नदिने गरे पनि बाँस्कोटा भने मिडिया र मिडियाकर्मीमाथि खनिँदै आएका थिए।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको ‘दुईतिहाइको सरकारलाई हेप्नी’ भन्ने अभिव्यक्ति प्रयोग गर्दै राजीनामा र ७० करोड कमिसन काण्ड भाइरल बनाएका छन्। अडियोमा बाँस्कोटाले सोधेका छन्, ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्कियो भने कति हुन्छ ? ’ मि श्रले जवाफ दिएका छन्, ‘७० जति आउला कि। आउट अफ ट्र्याक नजाँदा ७० जति आउला कि।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.