नयाँ हुन्डाई क्रेटा र किया सेल्टोस

नयाँ हुन्डाई क्रेटा र किया सेल्टोस

हुन्डाई भारतले नयाँ जेनेरेसनको क्रेटा एसयूभी अटो एक्स्पो २०२० मा प्रस्तुत गरेको छ। हुन्डाई क्रेटा नयाँ डिजाइन, फिचर र प्रविधिमा आधारित छ। हुन्डाई क्रेटा भारतको लोकप्रिय मिड–साइज एसयूभी हो। पछिल्लो समय यस सेगमेन्टको गाडी बिक्रीमा चर्को प्रतिस्पर्धा छ।

किया सेल्टोस र हुन्डाई क्रेटाबीच यस सेग्मेन्टमा चर्को प्रतिस्पर्धा हुने व्यसायीको अनुमान छ। यी दुई गाडीका विशेषता यस्ता छन्।

डिजाइन

हुन्डाई क्रेटा नयाँ डिजाइनमा बजारमा उतारिनेछ। क्रेटाको अघिल्लो भागमा हुन्डाई ब्रान्डको नयाँ क्यासकेडिङ ग्रिल दिइएको छ। यसको दुवैतर्फ सी–आकारको एलईडी डीआरएल छ जुन मुख्य प्रोजेक्टर एलईडी हेडल्यापले घेरिएको छ।

क्रेटाको साइडको भागमा आक्रामक क्रिज दिइएको छ। यसमा राखिएको ह्विल आक्र्सले पुरानो क्रेटाको तुलनामा आकर्षक र स्पोर्टी लुक्स प्रदान गरेको छ।

किया सेल्टोसमा प्रिमियम लुक्स र क्लिन फ्लोइङ लाइन दिइएको छ। यसको सिग्नेचर टाइगर नोज ग्रिलको माथि एलईडी डीआरएल राखिएको छ। यसको वर्गाकार ह्विल आक्र्सको पछाडि एलईडी टेललाइट दिइएको छ। यी डिजाइनले गर्दा सेल्टोस प्रिमियम र सान्दार स्टाइलिस देखिन्छ।

इन्टेरियर तथा फिचर

नयाँ हुन्डाई क्रेटाको क्याबिनमा ठूलो टचस्क्रिन इन्फोटेन्मेन्ट स्क्रिन राखिएको छ। जुन ड्यासबोर्डमा छ। यसमा डबल टोन फोक्स लेदर छ। क्रेटामा नयाँ डिजाइनको स्टेरिङ ह्विल दिइएको छ। जसमा कन्ट्रोल बटन तथा नयाँ उपकरण दिइएको छ। यसमा हुन्डाईको ब्लू लिंक कनेक्टिभिटी प्रविधि जडान गरिएको छ। यो प्रविधिले इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो पनि सपोर्ट गर्छ।

किया सेल्टोसको क्याबिन प्रिमियम छ। यसमा इन्फोटेनमेन्ट सिस्टमको ड्यासबोर्ड मध्य भागमा राखिएको छ। सेल्टोसको टप भेरियन्टमा फोक्स लेदरको सिट राखिएको छ। यो कारमा डबल टोन क्याबिन, एम्बिएन्ट लाइटिङलगायत फिचर छन्।

स्पेसिफिकेसन

हुन्डाई क्रेटामा १.४ लिटर तथा १.६ लिटर पेट्रोल तथा डिजल इन्जिनको विकल्प दिइएको छ। हुन्डाईका अनुसार अहिलेको इन्जिनको सट्टा सेल्टोसको इन्जिन राखिनेछ। कम्पनीको दाबीअनुसार इन्जिन परिवर्तन गरिए हुन्डाई क्रेटा र किया सेल्टोसमा समान इन्जिन हुनेछ।

किया सेल्टोसको १.५ लिटर पेट्राल इन्जिनले ११५ बीएचपी शक्ति र १.५ लिटर ११५ बीएचपी शक्ति तथा १.४ टर्बो पेट्रोल इन्जिनले १४० बीएचपी शक्ति उत्पादन गर्छ। नयाँ क्रेटामा सेल्टोसको जस्तै गियरबक्स दिइनेछ। यसमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड रूपमा दिइएको छ। १.५ लिटर पेट्रोलमा आईबीटी तथा १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी गियरबक्स राखिएको छ।

मूल्य

हाल बजारमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य १० लाखदेखि १६ लाख भारु छ। नयाँ क्रेटा ११ लाखदेखि साढे १७ लाख भारु हुने अनुमान गरिएको छ। किया सेल्टोसको बेस भेरियन्टको मूल्य ९ लाख ८९ हजार भारु र टप मोडलको मूल्य १७ लाख ३४ हजार भारु तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.