सिमलका रुख मासिएसँगै गिद्ध पनि लोप हुँदै

सिमलका रुख मासिएसँगै गिद्ध पनि लोप हुँदै

बैतडी : पछिल्लो समयमा गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् ।प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढदै गएको हो ।सिमलको रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको हो।

सामुदायिक वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले ठूला रुख हराउँदै गएपछि गिद्ध पनि लोप हुँदै गएको हो। ठूलठूला भीरमा समेत गिद्ध पाइने भएपनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको पाटन ६ का लोकेन्द्रप्रसाद पन्तले बताए । उनले भने, 'गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल हुन सकेको छैन् । गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन् ।'

गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकार बताउँछन् । मरेका पशुपंक्षीको सिनोलाई आहाराको रुपमा गिद्धले प्रयोग गर्ने गर्दछ । तर पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएको छ।

आहारको अभावमा गिद्ध लोप हुँदै गएको सामुदायिक वन उपभोक्ता महासंघ बैतडीका अध्यक्ष शर्माको भनाई छ । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्ध लोप हुन थालेको जानकार बताउँछन् । पशुलाई दिइने यो औषधिको प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेको पशु प्राविधिक बताउँछन् । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाएमा गिद्ध मर्ने गरेको पशु प्राविधिक बताछन्।

नेपाल डाइक्लोफेनिक औषधिको बिक्री वितरणमा रोक लगाइएको भएपनि भारतसँगको खुला सीमाबाट यस्तो औषधि भित्रिने गरेको छ ।अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एशियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाइन्छन् । नेपालमा पाइने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन्।                        


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.