दृष्टिविहीनका लागि  स्मार्ट  सुटकेस

दृष्टिविहीनका लागि  स्मार्ट  सुटकेस

आईबीएम टेक कम्पनीले अन्य चार कम्पनीसँग मिलेर प्रोटोटाइप सुटकेस बनाएको छ । यो सुटकेस एक कृत्रिम खुफिया प्रविधमा आधारित सुटकेस हो । उक्त सुटकेसले दृष्टिविहीनलाई मार्गदर्शन गर्ने दाबी कम्पनीले गरेको छ । 

साथै कम्पनीले स्मार्ट सुटकेस बनाउनका लागि अल्पाइन, मिस्तुबिशी, ओमरोन र शीमिजु जस्ता कम्पनीसँग साझेदारी गरेका छन् । यसको पछाडी आईबीएमको आइको असाकावाको मूर्ति पनि थियो, जो आफैँ दृष्टिबिहीन हुन् । यस सुटकेसले दृष्टिविहीनलाई बाटो देखाउने तथा यसमा रहेको क्यामरा र सेन्सरले बाटोमा आउने अवरोधको बारेमा सचेत गर्दछ । 

एआई टेक्नोलोजीमा आधारित स्मार्ट सुटकेसले प्रयोगकर्ताको हालको स्थान र नक्शाा डाटा स्क्यान गरेर गन्तव्यमा पुग्न मद्धत गर्दछ । सुटकेसले बोलेर तथा यसको हेन्डलमा रहेको भाइब्रेसन दिँदै मार्गदर्शन गर्दछ । यसरी प्रयोगकर्ताले सजिलै बाटोमा रहेका पसल पत्ता लगाउन सक्छन् । 

नेक्स्ट वेब रिर्पाट अनुसार, यो सुटकेसले क्यामरा र डिस्ट्यान्स सेन्सरको मद्धतले समस्याहरूबारे पहिले नै प्रयोगकर्तालाई जानकारी दिने गर्छ । सन् २०५० मा दृष्टिविहीन मानिसको संख्या ११.५ करोडसम्म पुग्न सक्ने नेक्स्ट वेबले आफ्नो ग्लोबल हेल्थ स्टडी रिर्पोटमा उल्लेख गरेको छ ।

असाकावाका अनुसार दुष्टिविहीनका लागि शहरमा स्वतन्त्रता र सुरक्षित यात्रा गाह्रो छ । तर यो सुटकेसले उनीहरूको समस्या अन्त्य गर्न मद्धत गर्दछ । यो सुटकेसमा अल्प अल्पाइनले हैप्टिक टेक्नोलोजी, ओमरोन कम्पनीले इमेज रिक्गनिशन र सेन्सर, शिमिजुले नेभीगेशन सिस्टम तथा ओटटेमोटिव टेक्नोलोजीलाई उपयोगी बनाउने काम मिस्तुबिशीले गर्दै आएका छन् । 

यो सुटकेसले सम्पूर्ण दृष्टिविहीनलाई आत्मनिर्भर बनाउने कम्पनीको विश्वास रहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.