माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बाँसबारीमा करेन्ट लागेर शनिबार साँझ एकजनाको मृत्यु भएको छ । घरनजिकै रहेको पैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा ४० वर्षीय राजु विश्वकर्माको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
पैनीमा माछालाई लगाएको करेन्ट आफ्नै शरीरमा लागेपछि विश्वकर्मा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा साँझ ७ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको डीएसपी राईले बताए ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !