‘सेतो कपाल’को यौन मनोविज्ञान

‘सेतो कपाल’को यौन मनोविज्ञान

काठमाडौं : यौनका विषयमा हाम्रो समाज खुला भइसकेको छैन। तर पनि हरेक मान्छे यौन बुझ्न चाहन्छ, यसको बारेमा सुन्न, हेर्न र देख्न चाहन्छ। यौनका विषयमा खुल्न नपाउँदा मानिस कुण्ठित पनि छ। कपाल सेतो हुन थालेपछि कुमार चिन्तामा छ। उसलाई कसैले काका, दाइ र अंकल भनेको मन पर्दैन। सधैंभरि युवा भइरहने रहर छ उसको। ऊ भित्रभित्रै कुण्ठित छ। पटकपटक तन बूढो भए पनि मन बूढो हुँदैन भन्ने वाक्य बोलिरहन्छ। श्रीमती पण्डित बाजेसँग बोलेको देख्दा उसलाई शंका लाग्छ, हाँसेको देख्दा आफू बूढो भएकाले अरूसँग हाँसेको होला भन्ने सोच्छ। उसलाई बूढो हुनु पर्दा निकै दुःख लागेको छ।

नाटककार विजय विस्फोटद्वारा लेखन, निर्देशन र परिकल्पना गरिएको सेतो कपाल नाटक शैली थिएटरमा मञ्चन भइरहेको छ। पुरुष यौन मनोविज्ञान र रंगकर्मीका समस्यामा नाटक केन्द्रित छ। नाटकको पात्र कुमारले तीनवटा अवस्थाको अभिनय गरेको छ।

नेपाली रंगमञ्चको क्षेत्र फराकिलो भइरहेको अवस्थामा रंगकर्मीहरू भने गाँस, बासकै चिन्तामा रुमल्लिनु परेको छ। नाटक खेल्ने रहर, नाटककार बन्दै गर्दा उसले परिवार तथा समाजमा भोग्नु परेको आर्थिक समस्या र पारिवारिक विखण्डनको दृश्य पनि नाटकमा समावेश छ। मञ्चमा बारम्बार दोहोरिने पात्र हो कुमार। आर्थिक रूपमा जोखिमपूर्ण मानिने नाट्यकर्मलाई उसले अपनाएको छ। उसलाई क्लाइमेक्स, मध्यान्तर र मुख्य दृश्यलाई उत्कृष्ट संवादले जोड्नु छ। नाटककारको जीवनीमा आधारित नाटक सेतो कपालको पात्र कुमार कथामा उल्लिखित चरित्र बिर्सेर आफ्नै वास्तविक जीवनमा आइपुग्छ। बाल्यकाल, युवा अवस्था, हजुरबुवाको यौन मनोविज्ञान, आफ्नो असफल भएको पहिलो प्रेम, दोस्रो प्रेमिकाको रूपमा    श्रीमती सिमलको उपस्थितिले उसको जीवनलाई उथलपुथल बनाउँछ। तनावयुक्त पारिवारिक सम्बन्ध, आर्थिक अभाव, दमित रहर, तिर्खा, यौनकुण्ठा र अभावग्रस्त जीवन झेल्न नसकेर उसले आत्महत्याको बाटो समाउँछ।

नाटक हेर्दाहेर्दैै कुमारको आत्महत्याले दर्शकलाई झुक्याउँछ। नाटकघरमा वास्तवमै केही अप्रिय घटना भएजस्तो अवस्था सिर्जना गरिएको छ। चर्को हल्लाखल्ला र कलाकारको भागदौडले रंगमञ्च नै कोलाहलपूर्ण बन्छ।

यो नाटक आजभन्दा १० वर्षअघि रिमाल नाटकघर गुरुकुलमा मञ्चन भएको थियो। अहिले गुरुकुल नाटकघर बन्द भइसकेको छ। १० वर्षअघिको नाटक मञ्चन सम्झँदै विजय विस्फोट भन्छन्, ‘दसैं, तिहारको बेला १४ दिन मञ्चन भएको सेता कपाल नाटक हरेक दिन हाउसफुल भएको थियो। नाटकले राम्रै कमाइ पनि गरेको थियो।’

नाटकमा आफ्नै अनुभव समेटेको बताउने विस्फोटले हरेक पुरुषमा ४० वर्ष पुगेपछि अझ जवान बन्न मन लाग्ने यथार्थ सुनाए। उनका अनुसार यो अवस्थामा पुरुषमा शारीरिक र मानसिक परिवर्तन आउँछ। उनीहरूले उमेर कम बताउँछन्। नेपाली समाजमा सेतो कपाल भनेको बूढो हुनु हो भन्ने हिसाबले बुझ्ने भएकाले यो समस्याकै रूपमा रहँदै आएको उनको बुझाइ छ। उसलाई कम उमेरकी केटीसँग संगत गर्न मन लाग्छ, जवान देखिन रहर लाग्छ। हुन त महिलामा पनि यो समस्या देखिन्छ तर उनीहरूमा दमित अवस्थामा मात्रै रहन्छ।

मान्छेको रहरभित्र लुकेर रहेका दमित इच्छाले उसलाई असन्तुष्ट बनाउँछ। नाटकको पात्र कुमारले यो अवस्था उजागर गरेको छ। सेतो कपाल नाटक लेखेर विस्फोटले आफैंलाई नंग्याएको बताए।

सेतो कपाल नाटकमा शेर शाही, पुष्कर दाहाल, सुरेन्द्र केसी, ज्योति राई, बालकृष्ण रिजाल, निमा पाण्डे, सुदिन लुइँटेल, रविन तामाङ, कुमार जोशीलगायतको अभिनय छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.