सुर्खेत र दैलेखको सीमा क्षेत्रमा जिप दुर्घटना : तीनको मृत्यु

सुर्खेत र दैलेखको सीमा क्षेत्रमा जिप दुर्घटना : तीनको मृत्यु

दैलेख : जिल्लाको गुराँस गाउँपालिका-८ धरमपोखरा बजारबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको जिप दुर्घटना भएको छ। 

कर्णाली प्रदेश ०२-००१ ज-०००७ नम्बरको जिप दैलेख-सुर्खेतको सिमानामा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो। सात यात्रु सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। 

अन्य चारजना घाइते भएको दुर्घटना स्थलमा खटिएका प्रहरी जवान रामबहादुर रानाले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ बस्ने अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, वीरेन्द्रनगरनगरपालिका-१५ का अन्दाजी ४५ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४० वर्षीया गोमा बुढाथोकी रहेका छन्। 

दुर्घटनाका घाइतेको वीरन्द्रनगरस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.