घाइतेको हेलिकोप्टरबाट उद्धार
बैतडी : बैतडीमा आइतबार बिहान भएको जिप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर गरिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहु गाउँपालिकाका ३८ वर्षीय हरक सिंह बडाल र ४१ बर्षीय प्रेम बल्लब जोशीलाई आइतबार दिउँसो नेपालगञ्ज लगिएको हो।
बडाल र जोशीको बैतडीमा उपचार हुन नसक्दा डडेलधुरा रेफर गरिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताए। उनीहरु दुबै जनाको टाउको चोट रहेको बताइएको छ।
धनगढीबाट दार्चुला जाँदै गरेको सुप ००१ ज १२५७ नम्बरको जिप आइतबार बिहान २ बजे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटनामा परेको हो।
दुर्घटनामा जिप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको थियो। मृतक चालकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
यसैबीच दुर्घटनाका अन्य घाइतेको डडेलधुरा अस्पतालमा उपचारभ इराखेको छ। जिप सडकबाट २५० मिटर तल खसेको थियो। जिपमा सवार ७ जनामध्ये चालकको मृत्यु भएको हो भन ६ जना घाइते छन्।
प्रतिक्रिया दिनुहोस !