६ महिनादेखि उडान ठप्प, यात्रुलाई सास्ती
भोजपुर : विगत ६ महिनादेखि भोजपुर-विराटनगरको नियमित हवाई उडान ठप्प हुँदा यात्रु मारमा परेका छन्। विभिन्न प्राविधिक समस्या देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको हो। नेपाल वायुसेवा निगम र निजी सेवा प्रदायक कम्पनीले नियमित उडान नगर्दा बिरामी र वृद्धवृद्धालाई सास्ती भएको छ।
उडान नहुँदा दैनिक ९ घण्टा लामो कष्टकर यात्रा गरेर धरान, विराटनगर गर्नुपर्ने बाध्यता छ। जिल्ला अस्पताल भोजपुरबाट रेफर गरिएका गम्भीर बिरामीलाई एम्बुलेन्स र हेलिकप्टर चार्टर अन्तिम विकल्प बनेको छ।
भोजपुरबाट काठमाडौँका लागि हप्ताको सातै दिन निगमको ट्विनअटर विमानले उडान भरेपनि विराटनगरका लागि भने ठप्प छ। यात्रु तथा विरामीहरु काठमाडौँ पुगेर विराटनगर आउनुपर्ने दोहोरो बाध्यता छ। सरोकारवाला पक्षको वेवास्ताले नियमित उडान गराउन नसक्दा कष्टकर लामो यात्रा गर्नुपरेको स्थानीय विमला कार्कीले सुनाईन्। भन्छिन्, ‘प्लेन नचल्दा गम्भिर किसीमका प्रसुती गर्ने महिला दिदीबहिनीहरुलाई चरम समस्या छ, ज्यानै जोखिम मोलेर गाडीको यात्रा गर्नुपछ र्।’
यसअघि आइतबार, मंगलबार र बिहीबार गरी ४ पटक उडान भर्दै आएको निगमले यात्रु संख्या घटेको भन्दै केही समयका लागि उडान रद्द गरिएको नेपाल वायु सेवा निगम भोजपुरका स्टेशन इन्चार्ज दिनेश सुन्दासले बताए।
र्वसाधरणको माग बढ्दै गएकाले नियमित उडान सञ्चालनका लागि स्थानीय सरकार र जिल्लास्थित सरोकारवालासँग माथिल्लो निकायमा निवेदन गरिएको निगम भोजपुरका निमित्त एटीसी अफिसर विक्रमसिं बस्नेतले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)