नक्कली नागरिकता बनाएर बेच्‍ने धन्‍दामा पूर्वगाविस सचिव

नक्कली नागरिकता बनाएर बेच्‍ने धन्‍दामा पूर्वगाविस सचिव

वीरगन्ज : नक्कली नेपाली नागरिकता बनाएर बिक्री गर्ने धन्दा चलाउदै आएको गिरोहमा संलग्न पूर्वगाविस सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१५ भिस्वा घर भएका पूर्वगाविस सचिव विन्दा साह रहेका छन्।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भिस्वास्थित साहको घरमा आइतबार छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो। छापा मार्ने क्रममा प्रहरीले साहको घरको कोठाबाट चार दर्जन भन्दा बढी नक्कली नागरिकता प्रमाणपत्र पनि बरामद गरेको छ।

प्रहरीको टोली घरमा पुग्दा साहको घरको एउटा कोठामा ताल्चा लगाइएको भेटिएपछि प्रहरीले शंका लागेर  ताल्चा तोड्कोे थियो।

कोठा भित्र परेर खोजी गर्दा बाक्सा भित्र र सिरक मुनी लुकाएर राखिएको अवस्थामा नक्कली नागरिकता प्रमाणत्र, तस्बिर, फारमलगायतका कागजात बरामद गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। 

साहको कोठबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फाराम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका फोटो, जन्मदर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्ड अधिकारी कार्यालयको फारामसमेत प्रहरीले बरामद गरेको छ।

साहकै तीन वटा नागरिकता प्रमाणपत्र पनि प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाएर गैर नेपाली नागरिकलाई बेच्ने गरेको बयान प्रहरीलाई दिएका छन्। नक्क्ली नागरिकता बनाउने धन्दामा साहसँगै अरु व्याक्तिको पनि संलग्नता हुन सक्ने  आशंका देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

साह ३ वर्ष पहिले पर्सा जिल्लाको साविकको डोकैला बहुवरी गाविसको गाविस सचिव थिए। गाविस सचिव हुँदा अीख्तयार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितताको मुद्दा दर्ता गरेपछि अदालतले दोषी ठहर गर्दै उनलाई पाँच महिना कैदको फैसला गरेको थियो।

५ महिनाको कैद भुक्तान गरेका साह साढे २ वर्ष अगाडि मात्र कारागारबाट छुटेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.