दुई टाउको भएको शिशुको जन्म : उपचार अभावमा परिवार तनावमा

दुई टाउको भएको शिशुको जन्म : उपचार अभावमा परिवार तनावमा

दैलेख : भगवतीमाई गाउँपालिका-४ मनघरकी २१ वर्षीया लक्ष्मी विकले गत मंगलबार पहिलो सन्तानको रुपमा छोरी जन्माइन्। घरमै जन्मिएकी शिशुको टाउको पछाडी उस्तै दुई वटा टाउको भुण्डिएको छ।

जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले फोटोको आधारमा शिशुको ‘कञ्जेनाइटल डिफेक्ट’ को भएको बताएका छन्। टाउकोको पछिल्तिर दुई वटा झण्डै टाउको जत्रै ‘कञ्जेनाइटल’ भाग झुण्डिएको हेर्न आउनेको भीड लागेपनि जन्म दिने आमा र परिवारजन चिन्तित छन्। चरम गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न नसकेको परिवार अहिले समस्यामा परेको छ।

लक्ष्मीका २२ वर्षीया श्रीमान गोपाल विक एक महिना अघि मात्र रोजगारीका लागि दुबई पुगेका छन्।  वैदेशिक रोजगारीका लागि राहदानी निकाल्न, अन्तरवार्ता, मेडिकल गर्न र दुबई उडनसमेत पटक-पटक काठमाडौं आउजाउ गर्न दुई लाख भन्दा बढी ऋण लागेको परिवारले जनाएको छ। ‘यसै बेला नवजात शिशुको उपचार गर्न ऋण खोज्दा पाएका छैनौ,’ लक्ष्मीकी सासु रत्ना कामीले भनिन्। लक्ष्मीको घरमा उनकी दुई जना आमाजु, तीन जना नन्दहरु र सासु-ससुरा समेत नौ जनाको परिवार छ। ससुरा डिलबहादुर कामीको दैनिक मजदुरीले जेनतेन खर्च धानिएको लक्ष्मीले बताइन्।

नेपालगञ्ज वा काठमाडौंमा नसा रोग बिशेषज्ञ चिकित्सकसम्म पुर्‍याए मात्र उपचार हुने वा नहुने निश्चित गर्न सकिने सल्लाह पाएको तर परिवारजनले ऋण खोजेर समेत नपाएको कारण उपचार प्रक्रियाको काम सुरु नभएको छिमेकी मिलन विकले बताए। अहिले नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। जगनाथ स्वास्थ्य चौकीमा गर्भवती भएदेखि ४ पटक नियमित रुपमा गर्भ जाँच गरेको तर मंगलबार अकस्मात सुत्केरी व्यथा लागेर तुरुन्तै बच्चा जन्मिएको कारण घरमै सुत्केरी गराइएको परिवारले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.