घुरमा जलेको जीवन

घुरमा जलेको जीवन

राजविराज : रञ्जुदेवी यादव अहिले गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा छिन्। आगोले शीरदेखि पाउसम्म जलेको छ। उपचारको अभावमा औंलाहरू कुहिएर झर्ने अवस्थामा छ। उपचारमा संलग्न चिकित्सक, नर्सहरू शरीरका अंगहरू कुहिएर गन्हाउन थालेको बताउँछन्।

अशक्तताले २५ वर्षीया रञ्जु बोल्न पनि सक्दिनन्। आउने–जानेसँग याचनाको नजरले हेर्छिन् र आँसु झार्छिन्। माघ २६ गते आगोले जलेकी रञ्जुलाई एक महिनापछि राजविराजस्थित अस्पताल भर्ना गरिएको अस्पतालका हेल्थ असिस्टेन्ट सन्तोष मेहताले बताए। उनको जलेको विभत्स शरीर कमजोर मुटु भएकालाई हेर्न पनि गाह्रो छ।

उपचारमा संलग्न डा. राजीब मिश्रले राजविराजमा उपचार सम्झव नभएको भन्दै रेफर गरेका छन्। आर्थिक अभावका कारण बाहिर लैजान नसक्ने भएर बिरामीको परिवार राजविराजमै राख्न बाध्य छन्। अहिले रञ्जुको रेखदेख उनका पति बबलेश र आमा कौशिल्याले गरिरहेका छन्। रञ्जुको सासूको मृत्यु भइसकेको छ। ससुरा लगन गाउँकै एक जमिन्दारको घरमा मजदुरी गर्छन्। ठेकेदारमार्फत भारतको दिल्ली पुगेका पति एक फर्निचर पसलमा मजदुरी गर्छन्।

रञ्जु एक वर्षीया छोरीसँग सप्तरीको बोदे बर्साइन नगरपालिका–१०, खडगपुर दक्षिणबरिया टोलस्थित घरमा बस्थिन्। घरमा शौचालयको अभावले अध्यारोमा शौच जानुपर्ने बाध्यता थियो। उज्यालो नहुँदै रञ्जु पनि बाहिर गइन्। जाडो लागेकाले घर फर्किएपछि घुर बालिन् र आगो ताप्न थालिन्। निन्द्रा नपुगेकाले झकाएकी उनको साडीमा आगो सल्केको पत्तो पाइनन्। आगोको लप्कोमा परेको शरीर लिएर गुहार माग्दै कोठा बाहिर निक्लिइन्।

ठूली आमा आए पनि आगो निभाउने हिम्मत गर्न सकिनन्। बिदामा घर आएका काका शम्भु प्रहरीमा जागिरे भएको र आगो निभाउने तरिका थाहा भएकाले उनले नै कम्बलमा बेरेर जमिनमा गुड्काएपछि आगो निभ्यो। तर त्यतिबेलासम्म रञ्जुको पूरै शरीर जलिसकेको थियो। घाइते भएकी रञ्जुलाई एम्बुलेन्समा बिराटनगरस्थित म्याक्स अस्पताल पुर्‍याइयो। त्यहाँ रञ्जुको आइसीयुमा उपचार भयो।

दिल्लीबाट आउँदा बबलेशले ६ हजार रुपैयाँ ल्याएका थिए। उनका बुवा लगनले आफ्ना मालिकसँग मागेर १५ हजार सहयोग लिए। २५ हजार रुपैयाँ सासूआमाले दिइन्। सबैतिरबाट जोडजाड गरेको पैसा एक दिनमै अस्पताल, औषधि र एम्बुलेन्स खर्चमै सकियो। एक दिनमा ड्रेसिङ चार्ज २० हजारसहित ३६ हजार खर्चको बिल अस्पतालले थमाएपछि पीडितहरूले सबैतिरबाट जोडेको रकम म्याक्स अस्पताललाई बुझाए।

अस्पतालले थप रकम नदिए उपचार नहुने भन्दै अन्यत्र लैजान दबाब दिएको रञ्जुका पति बबलेशले बताए। अस्पतालले निस्कन दबाब दिएपछि माघ २७ गते राति अस्पतालबाट बाहिर निस्कएको उनको भनाइ छ। बबलेशकाअनुसार एउटा मारुती भ्यानले बबलेशसँग बाँकी रहेको दुई हजार सात सय रुपैयाँमा सुनसरीको भन्टाबारीसम्म ल्याइदियो र त्यसपछि काका अबु यादवले आफ्नो टेम्पोमा घरसम्म पुर्‍याए।

त्यसयता रञ्जुको गाउँकै क्लिनिकमा कहिलेकाँही सामान्य ड्रेसिङ भयो। ड्रेसिङबाहेक अन्य उपचार नहुँदा थला परेकी रञ्जुलाई एक महिनापछि राजविराज अस्पताल भर्ना गरिएको छ। चिकित्सकले रेफर गरे पनि उपचार गर्ने रकम नहुँदा रञ्जु घुरले जलेको विभत्स शरीर लिएर गजेन्द्रनारायण सिंह अस्पतालको शैड्ढयामा छटपटाइरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.