पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने

पाठ्यपुस्तक वितरणमा ढिलाइ हुने

धनगढी : सुदूरपश्चिम प्रदेशमा ढिलो गरी पाठ्यपुस्तक बिक्री वितरण हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६, ७ र ८ का किताब छाप्न ढिलाइ गरेपछि ढिलो गरी किताब वितरण हुने भएको हो । अघिल्लो वर्ष चैत पहिलो हप्ता नै वितरण सुरु गरेको जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष चैत अन्तिम हप्तामा मात्र वितरण गर्ने जनाएको छ ।

कक्षा ६, ७ र ८ कक्षाका लागि सुदूरपश्चिममा ५४ हजार सेट किताब आवश्यक पर्नेमा एक पनि सेट छैनन् । अन्य किताब भएपनि कक्षा ६, ७ र ८ का कम्प्युटर, पेशा, र गणित किताब नहुँदा सेट नपुगेको हो । 

किताब बिक्री वितरण गर्ने व्यवसायी दर्ता भएपनि किताब सबै आइनपुग्दा ढिलो गरी बिक्री वितरण गरिने जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालयका प्रमुख भुविन्द्र बोहराले बताए । 'केहि किताब पुगिसकेका छन्,' बोहराले भने, 'कक्षा ६, ७ र ८ कक्षाको नेपाली र अंग्रेजी बोहक किताब कलरमा छाप्ने भनेपछि धनगढी पुर्‍याउन ढिलाइ भएको हो ।'

सुदूरपश्चिम प्रदेशमा अंग्रेजी र नेपालीवाहेकका किताब कलरमा वितरण हुनेछन् । सुदूरपश्चिममा ९ र १० मा ५० हजार सेटको हाराहारीमा किताब आवश्यक पर्दछ । ९ र १० का ४० हजार सेट धनगढी गोदाममा रहेको केन्द्रले जानकारी दिएको छ । ५, ९ र १० कक्षाका लागि भएका अहिले किताबको पुरै सेट भए पनि अन्य कक्षाको सेट नहुँदा वितरण गर्नमा समस्या भएको केन्द्रका प्रमुख बोहराले बताए।

कक्षा ६, ७ र ८ कक्षाको समस्या सुदूरपश्चिममा मात्र नभएर देशभर नै भएको उनले जानकारी दिए । अघिल्लो वर्ष शैक्षिक सत्र सुरु नहुँदै दुई महिना अगाडि नै जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक बिक्री वितरणका लागि तयारी गरेको थियो । 'अघिल्लो वर्ष जनक शिक्षा सामग्री केन्द्रको गोदाम भरिएर भाडामा लिएर किताब स्टेक राखेको हो,  बोहराले भने, 'यस वर्ष भएको किताबका पनि पुरै सेट आएका छैनन् । त्यसले गर्दा जेठ महिनासम्म सबै जिल्लामा पुर्‍याउन सकिन्छ होला ।'

उनले किताबको पुरै सेट आए पुगेपछि दुर्गमलाई प्राथमिकता दिएर वितरण सुरु गर्ने जानकारी दिए । धनगढीको गोदाम साँघुरो हुँदा थप समस्या हुने गरेको बोहराले बताए । शैक्षिक सत्र आउन एक महिना बाँकी रहेकाले अन्तिममा भए पनि पुरै सेट पुग्ने बोहराले विश्वास व्यक्त गरे । १ देखि ४ सम्मका किताब नीजिले बिक्री वितरण गर्ने जिम्मा दिएकाले केन्द्रसम्म कोहि पनि पुग्दैनन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.