कोराना त्रास : भेडेटार सुनसान

कोराना त्रास : भेडेटार सुनसान

धनकुटा : पूर्वको चर्चित पर्यटकीयस्थल मध्येको एक हो, भेडेटार। जहाँ नेपालका आन्तरिक पर्यटक मात्र होइन छिमेकी देश भारतका विहार, सिक्किम, दार्जिलिङ, उत्तर प्रदेशलगायत विभिन्न क्षेत्रबाट दैनिक हजारौं संख्यामा आउने गर्छन्। तर, यतिबेला विश्व व्यापी रूपमा फैलिएको कोरोनाको सन्त्रासले भेडेटार सुनसान छ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प छ। दिनप्रतिदिन चहल–पहलमा कमी हुँदै गएको छ। कोशी राजमार्गमा गुड्ने बाहेक भेडेटार बजार क्षेत्रमा सवारीसाधनको उपस्थिति प्राय देखिँदैन। कोरोना त्रासकै कारण पछिल्लो समय भेडेटार बजारको व्यापार–व्यवसाय ठप्प रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए।

१ नं. प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको भेडेटारमा सबैभन्दा बढी भारतीय पर्यटक आउने गर्छन्। नेपाल–भारत सीमा नाका क्षेत्रमा कडाइ हुन थालेपछि भारतीय पर्यटक आउन छाडेको उनले बताए।

सधैंभरि चिसो मौसम भइरहने भेडेटारको विशेषता हो। गर्मी सिजन सुरु भएकाले गर्दा यतिबेला पर्यटकको घुइँचो लाग्ने सिजन हो। सिजनका बेला कोरोना सन्त्रासले होटल ठप्प हुँदा समस्या भएको एसोसिएसनका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले बताए।

भेडेटारसहित नाम्जे, थुम्कीलगायत क्षेत्रमा साना–ठूला गरी डेढ सयभन्दा बढी होटल सञ्चालनमा छन्। ती होटलमा १ अर्बभन्दा बढी लगानी छ। अधिकांश होटलमा वित्तीय संस्थाको लगानी छ। भने केहीले घर भाडामा लिएर होटल व्यवसाय सञ्चालन गरिरहेका छन्।

हरेक होटलमा कम्तीमा ५ जनासम्म कर्मचारी छन्। सबै होटलमा गरी ७ सयसम्म कामदार छन्। होटल सुनसान हुँदा बैंकको ब्याज तिर्न, भाडा तिर्न र कर्मचारीलाई तलब दिन धौं–धौं हुन थालेको होटल सञ्चालकको भनाइ छ।

पछिल्लो समय भेडेटारमा सेमिनार गोष्ठी समेत हुने गथ्र्यो। सेमिनार गोष्ठीका लागि बुक भएको होटलसमेत कोरोनाकै कारण धमाधम बुकिङ फिर्ता हुन थालेको नाम्जे थुम्कीमा रहेको भेडेटार भिलेज रिसोर्टकी सञ्चालक पद्मिनी राईले बताइन्। कार्यक्रम रद्द हुँदा होटल सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ। उनले भनिन्, ‘बुकिङ भएका लगभग सबै रद्द भइसकेका छन्।’

तराइको उखरमाउलो गर्मीका बेला बाह्रैमास चिसो हुने भेडेटारमा पर्यटक आउने गर्छन्। सिजनका बेला पर्यटकको चहलपहल ठप्प हुँदा समस्या परेको भेडेटारमा सञ्चालित सवसारा रिसोर्टका सञ्चालक किरण राईको भनाइ छ। होटल व्यवसाय ठप्प हुँदा बैंकको ब्याज र कर्मचारीलाई तलब दिन समस्या परेको होटल म्याजिस्टिकका सञ्चालक आशीष राईको भनाइ छ।

नमस्ते झरना सुनसान 

भेडेटारभन्दा केही तल रहेको नमस्ते झरनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ह्वात्तै घटेको छ। यस झरनाको पानीमा रुझ्न दैनिक सयौंको भीड लाग्थ्यो। तर, अहिले कोरोनाको त्रासकै कारण चहलपहल छैन। झरना प्रवेश गर्ने स्थानमा दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा छन्। पर्यटकको चहलपहल नहुँदा ती होटल सुनसान छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.