फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

फेसबुकमा साथीलाई कोरोना लागेको लेख्‍ने छात्रा कलेजबाट ६ महिना निलम्बित

वीरगन्ज : फेसबुकमा साथीलाई कोरोना लागेको भन्दै स्टाटस लेख्ने एक छात्रालाई कलेजले ६ महिनाका लागि निलम्बन गरेको छ।वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको भन्दै उनकै साथीले फेसबुकमा स्टाटस लेखेपछि कलेजले निलम्बन गरेको हो।

'छात्रालाई सामान्य ज्वरो र रुघाखोकी लागेको हो, अरु केही होइन।तर उनकै सहपाठी एक छात्राले व्याक्तिगत रिसबी साँध्न कोरोना लाग्यो भनेर फेसबुकमा पोष्ट गरेकी रहिछन्, मेडिकल डाइरेक्टर मोद सर्राफले भने, 'गलत पोष्ट गर्ने छात्रालाई कलेजले ६ महिनाका लागि सस्पेण्ड गरिसकेको छ।'

मेडिकल कलेज परिसरमै रहेको छात्रावासमा बस्दै आएकी ती छात्रा महाराष्ट्रस्थित घरबाट फर्किएपछि उनमा यस्तो स्वास्थ्य समस्या देखिएको थियो। महाराष्ट्रबाट कलेज फर्किएकै बेलादेखि ज्वरो र रुघा खोकीबाट प्रभावित भएपछि ती छात्राको बिहीबार साँझ मेडिकल कलेजकै अस्पतालमा स्वास्थ्य चेकजाँच गरिएको थियो ।

कलेजमा अध्ययनरत महाराष्ट्रकी एक छात्रालाई कोरोनाको संक्रमण भएको भनेर फेसबुकमा गलत सूचना पोष्ट गर्ने कलेजकै अर्की एक छात्रालाई ६ महिनाका लागि कलेजबाट निलम्बित गरेको छ।  वीरगन्जको नेशनल मेडिकल कलेज एंव शिक्षण अस्पतालमा अध्ययनरत एक छात्रालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा थप परीक्षण र उपचारका लागि काठमाडौं पठाइएको छ। 

मेडिकल कलेजको एमबीबीएस तेश्रो वर्षमा अध्ययनरत भारतको महाराष्ट्र प्रदेश घर भएकी छात्रालाई कोरोनाको संक्रमण भए नभएको बारेमा यकिन गर्न काठमाडौंको टेकु अस्पताल पठाइएको हो । 
 
तर चेकजाँचका क्रममा छात्रालाई कोरोनाको संक्रमण भएको आशंका लागेपछि चिकित्सककै सल्लाहमा कोरोना भए नभएको यकिन गर्न बिहीबार साँझ कलेज प्रशासनले काठमाडौंस्थित टेकु अस्पताल पठाएको कलेजमा अध्ययनरत विद्यार्थीले जानकारी दिएका छन् ।

कलेज प्रशासनले भने यस बारेमा जानकारी दिन मानेको छैन । मेडिकल कलेजका मेडिकल डाइरेक्टर डाक्टर प्रमोद सर्राफले कलेजमा अध्ययनरत एक छात्रालाई कोरोनाको संक्रमण भएको भनेर गलत हल्ला फिजाइएको बताए। 

तर सर्राफले कोरोनाको संक्रमण भएको आशंका गरिएकी छात्रालाई काठमाडौं पठाइएको वा कलेजमै राखिएको भन्ने विषयमा भने जानकारी दिन मानेनन् । काठमाडौंमा रहेका कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले भने पनि गलत अफवाह फैलाइएको दाबी गरे । अहिले म काठमाडौंमा छु। टेलिफोन सम्पर्कमा अन्सारीले भने, 'फेसबुकमा गलत पोष्ट गर्ने छात्रालाई कलेजले कारवाही गरिसकेको छ ।'

आंशका गरिएकी छात्रालाई कलेजमै राखिएको र उनको रयाल परीक्षणका लागि काठमाडौंको टेकु अस्पतालमा पठाउने तयारी कलेजले गरिहेको अन्सारीले बताए ।तर कलेजमा अध्ययनरत विधार्थीले भने आशंका गरिएकी छात्रालाई बिहीबार साँझ नै काठमाडौंको टेकु अस्पतालमा लगिएको र उनी अहिले कलेजमा नरहेको जानकारी दिएका छन् । 

बिहीबार साँझ ती छात्रालाई कलेजले काठमाडौंको टेकु पठाएको हो, एमबीबीएस दोश्रो वर्षमा अध्ययनरत एक छात्रले नाम नबताउने शर्तमा भने, 'कलेज वा होस्टेलमा ती छात्रा अहिले छैनन् ।'पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने यस बारेमा आफूलाई कलेज प्रशासनले औपचारिक जानकारी नगराएको बताए । उनले भने, 'मलाई अफिसियल रुपमा केहि जानकारी आएको छैन, अब यसबारेमा बुझौंला।'

सरकारको निर्देशनमा नेशनल मेकिडल कलेज एण्ड शिक्षण अस्पतालमा ५० शैयाको आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.