वीरगन्जमा थप कडाइ

वीरगन्जमा थप कडाइ

वीरगन्ज : भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा कोरोना संक्रमण परीक्षणमा कडाइ गरिएको छ। रक्सौल–वीरगन्ज नाका हुँदै भारतबाट प्रवेश गर्नेको निगरानीमा लापरबाही गरिएको गुनासो आएपछि शनिबारदेखि कडाइ गरिएको हो।

वीरगन्जको इनर्वा नाकामा महानगरपालिकाले माघदेखि नै हेल्थ डेस्क स्थापना गरी भारतबाट प्रवेश गर्नेको परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको थियो। तर नाकामा खटिएका सीमित स्वास्थ्यकर्मीले भारतबाट प्रवेश गर्ने सबैको परीक्षण गर्न नभ्याएका कारण अधिकांश भारतीय बिनापरीक्षण नेपाल प्रवेश गर्दै आएका थिए।

वीरगन्ज नाकामा नेपाल प्रवेश गर्नेको स्वास्थ्य परीक्षणका लागि शनिबारदेखि नेपाली सेनाको चण्डीप्रसाद गण खटिएको छ। महानगरपालिकाका स्वास्थ्यकर्मीसँगै सेनाले पनि नेपाल प्रवेश गर्नेको तापक्रम स्क्रयानिङ गरिरहेका छन्। त्यसमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहयोग गरिरहेका छन्।

स्वास्थ्य परीक्षणका लागि नाकामा सेना पनि खटाइएको गणका प्रमुख सेनानी मदनजंग राणाले जानकारी दिए। उनले भने, ‘एकपटकमा २ वटा अल्ट्रा थर्मोमिटरसहित चार जनाको टोली खटाएका छौं। आवश्यक परे संख्या थप्न सकिन्छ।’

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको बताए। महानगरपालिकाका तर्फबाट ७ जना स्वास्थ्यकर्मी खटाइएको छ।

वीरगन्ज नाकामा चैत १ देखि ७ गतेसम्म ४३ हजार ९ सय १० जनाको तापक्रम स्क्र्यानिङ गरिएको छ। तीमध्ये कसैलाई पनि कोरोनाको संक्रमण फेला नपरेको उनले बताए। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने, ‘शनिबारदेखि नाकामा सेनाले पनि सघाइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.