भारतीय 'जनता कर्फ्यू'को असर वीरगन्जमा, रक्सौल नाका ठप्प

भारतीय 'जनता कर्फ्यू'को असर वीरगन्जमा, रक्सौल नाका ठप्प

वीरगन्ज : भारतमा कोरोना भाइरसको संक्रमणबाट जोगिन त्यहाँको सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्यूको प्रत्यक्ष असर वीरगन्ज नाकामा  परेको छ ।  कोरोना भाइरस फैलिन नदिन भन्दै भारत सरकारले आइतबार आफ्नो देशमा जनता कर्फ्यू लगाएर रक्सौल वीरगन्ज नाका पनि पूर्ण रुपमा बन्द हुँदा त्यसको प्रत्यक्ष असर वीरगन्ज नाकामा पनि परेको हो । 

भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणसँग जुध्ने भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतमा जनता कर्फ्यू लगाइएको हो । आइतबार बिहान ७ देखि राती ९ बजेसम्म घर बाहिर ननिस्कन त्यहाँको सरकारले जनतामा अपिल गरेको छ ।

योसँगै भारतले नेपालसँग जोडिएका नाका पनि बन्द गरेका कारण त्यसको प्रत्यक्ष असर नेपालको मुख्य नाका वीरगन्जमा पनि परेको हो।  जनता कर्फ्यूमा भारतले नाका बन्द गरेका कारण रक्सौल वीररगन्ज नाका आइतबार बिहानैदेखि ठप्प छ । वीरगन्जबाट भारतको रक्सौल जाने पैदल यात्री र सवारीसाधानलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा रहेको मितेरीपुलबाटै फर्काइ दिने गरेका छन् ।

रक्सौलबाट फाट्टफुट्ट संख्यामा नेपालतर्फ आउने खोज्ने भारतीयलाई पनि भारतीय सुरक्षाकर्मीले मितेरीपुलमै रोकीरहेका छन् । जसका कारण दिनहुँ १० हजार भन्दा बढी मानिस र करिब २ हजार भन्दा बढी सवारीसाधन आउजाउ हुने वीरगन्ज नाका बिहान ५ बजे देखि नै सुनसान भएको हो । 

आइतबार बिहानैदेखि रक्सौल वीरगन्ज नाकाहुँदै भारतबाट एउटा पनि मालवाहक सवारीसाधन नेपाल नभित्रिएको वीरगन्ज भन्सारमा खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले बताए । नाका बिहानदेखि सुनसान छ, उताबाट आइतबार एउटा पनि मालवाहक वा अरु कुनै सवारी यता आएकै छैन,' खत्रीले भने ,यतबाट जानेलाई पनि मितेरी पुलमै रोकेर भारतीय सुरक्षकर्मीले फिर्ता पठाइरहेका छन् । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले पनि आइतबार बिहानदेखि रक्सौल तर्फबाट वीरगन्ज भन्सार नाका हुँदै कुनै पनि मालवाहक गाडी नभित्रिएको जानकारी दिए । नाका ठप्प भएपछि कोरोना भाइरसको संक्रमण लक्षित गरी वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा पनि अरु दिनको जस्तो चाप छैन । 

रक्सौलको मुख्य नाका बन्द रहेका कारण छेउछाउको अन्य बाटो भएर पैदल र साइकलमा आउनेलाइ हेल्थ डेस्कका  स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तापक्रम नापेर वीरगन्ज प्रवेश गर्न दिएका छन् । आइतबार बिहान ५ देखि १० बजे सम्म ५ सय ३१ जना मात्रै भारतबाट नेपाल प्रवेश गरेको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी सैनुल्लाह हवारीले जानकारी दिए । 

जबकी यो भन्दा पहिले हरेक दिन बिहान ५ देखि १० बजे सम्ममा औसतमा ३ देखि ४ हजार प्रवेश गर्दै आएको  हवारीले बताए । 'नाका नै ठप्प छ, हवारीले भने, 'फाट्ट फुट्ट एक दुईजना पैदल र साइकलमा आइरहेका छन्। उनीहरुलाई तापक्रम स्क्रयानिङ गरेर मात्रै छिर्न दिइरहेका छौं ।

आइतबार वीरगन्जबाट रक्सौल जाँदै गरेकालाई मितेरीपुलमा रोकेर फर्काउँदै भारतीय सुरक्षाकर्मी ।तस्बिर : क्रान्ति शाह वीरगन्ज     
    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.