मास्क र सेनिटाइज कालोबाजारी गर्ने चारजना पक्राउ

मास्क र सेनिटाइज कालोबाजारी गर्ने चारजना पक्राउ

जनकपुरधाम : कालोबजारीको आरोपमा जनकपुरबाट चार जना पक्राउ परेका छन्। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने मास्क र सेनेटाइजर लुकाएर चर्को मूल्यमा बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका हुन्। 

जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयबाट खटेको अनुगमन टोलीले मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चार जनालाई पक्राउ गरेको हो। 

जनकपुरधाम उप–महानगरपालिका ४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाही जिल्ला बरहथवा नगरपालिका ८ का संजय साह, सम्पूर्ण मेडिकलबाट जनकपुरधाम उप–महानगरपालिका ४ का ३२ वर्षीय संजय साहलाई मास्कको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ हो। 

त्यस्तै जनकपुरधाम ८ भमरपुरा चौकस्थित अटल फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका ३ का २६ वर्षीय अनिल यादव र महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ का ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरको कालोबाजारी गरेको आरोपमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.