गौरीफन्टा नाकामा तनाव, नेपाल प्रवेश गर्न खोज्ने ५ सय जना प्रहरी घेरामा

गौरीफन्टा नाकामा तनाव, नेपाल प्रवेश गर्न खोज्ने ५ सय जना प्रहरी घेरामा

कैलाली(गौरीफन्टा) : सरकारले मंगलबार बिहान ६ बजेबाट देशैभर लक डाउनको घोषणा गरेको छ । आवत-जावत र हिडडुलमा कडाई गरेको छ । यसैबीच कैलालीको गौरीफन्टास्थित नेपाल-भारत नाकामा तनाव सिर्जना भएको छ । मंगलबार बिहान करिब ५ सयको संख्यामा भारतमा रहेका नेपालीहरु नेपाल प्रवेश गर्ने प्रयास गरेपछि स्थिति असहज बनेको हो। 

कामका शिलशिलामा भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु घर फर्कन मंगलबार बिहानै नाकामा जम्मा भएका थिए । उनीहरुलाई सीमामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नेपाल प्रवेशमा रोक लगायो। 

उनीहरुले नेपाल छिर्न दिनुपर्ने माग गर्दै नारा जुलुस गरे । प्रहरीमाथि ढुंगामुढासमेत गरे । उनीहरु मोहना खोलामा हामफालेर नेपालतर्फ तर्ने प्रयास गरे । प्रहरीले उनीहरुलाई प्रवेश गर्न दिएन। 

अहिले उनीहरु कञ्चनपुरको डोकेबजारस्थित नेपालतर्फको दशगजा क्षेत्रमा प्रवेश गरेका छन् । प्रहरीले उनीहरुलाई घेरा हालेर राखेको छ।  उनीहरुलाई कुन-कुन जिल्ला को हो भनी सूची बनाउन प्रहरीले आग्रह गरेको छ । को कुन जिल्लाको हो सम्बन्धित जिल्लाका अधिकारीसँग समन्वय गरी फर्केने व्यवस्था गरिने भन्दै प्रहरीले माइकिङ गरी सम्झाई बुझाई गरिरहेको छ। 

खानेकुराको व्यवस्था प्रहरीले गरिदिने भन्दै आश्वस्त पारिरहेको छ। सशस्त्र प्रहरीका डिएसीपी भीमबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.