लकडाउन :  बाहिर निस्केकालाई पक्राउ गर्दै प्रहरी

लकडाउन :  बाहिर निस्केकालाई पक्राउ गर्दै प्रहरी

वीरगन्ज : कोरोना भाइरसको संक्रमण भेटिएलगतै सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णयसँगै वीरगन्जमा पनि मङगलबार बिहान ६ बजेदेखि लक डाउन भएको छ ।

लकडाउनको शुरुवातमा वीरगन्जका सडकमा मानिसको चहलपहल देखिए पनि १० बजे पछि भने निक्कै कम हुँदै गएको छ ।

एक दुईवटा फाटफुट मोटरसाइकल, साइकलमा मानिस आवतजावत गरिरहेका छन् । लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन प्रशासनले कडाई गरेपनि केहिले भने अटेर गरेका छन् ।

यसरी अटेर गरेर सवारी साधन चलाउने र साइकलमा आवत जावत गर्नेहरुलाई प्रहरीले चोक चोकमा रोकेर फर्काइ रहेको छ । वीरगन्ज महानगर क्षेत्रमा धेरै ठाउँमा प्रहरीले चेकजाँच पनि गरिरहेको छ ।

अटेर गर्नेहरुको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पण्डितले जानकारी दिए ।

सरसफाइ गर्ने कर्मचारीलाई प्रहरीले लखेट्यो

लकडाउनको समयमा सरसफाइका लागि निस्किएका वीरगन्ज महानगरपालिकाका कर्मचारीलाई प्रहरीले लखेटेको छ । मङगलबार बिहान घण्टाघरमा सरसफाइका लागि गएका महानगरपालिकका कर्मचारीहलाई दुईवटा भ्यानमा आएको प्रहरीले भगाई दिएको महानगरपालिकाका कर्मचारी शिव गुप्ताले बताए ।

उनले महानगरपालिकाको सरसफाई शाखाका सवारी चलाउने चालकहरुलाई समेत आउन नदिएको गुनासो गरे । महानगरको ग्रामीण क्षेत्रबाट आउने सवारी चालकहरुलाई महानगरले वितरण गरेको परिचय देखाउँदा समेत प्रहरीले रोक्ने गरेको उनले बताए ।

 सरसफाइका लागि सवारी चलाएर आउने चालकहरुलाई आईसीपी, श्रीपुर, पावर हाउसलगायतका स्थानहरुमा प्रहरीले अवरोध गरेको हो ।  पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले आपूmहरुकोमा जानकारी नआएको र कर्मचारीहरुले परिचय पत्र नलिएकोले त्यस्तो भएको हुनसक्ने बताउँदै थप जानकारी लिने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.