लकडाउनमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु पक्राउ

लकडाउनमा कन्टेनरमा लुकेर आएका ५२ यात्रु पक्राउ

वीरगन्ज : लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट मालवाहक लरीको खाली कन्टेनरमा लुकेर वीरगन्ज आएका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
काठमाडौंबाट भरतपुर-हेटौंडा हुँदै वीरगन्जस्थित घण्टाघरमा मंगलबार राति १२ बजे आइपुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनर भित्र रहेका ३ बालबालिका सहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले लरीका चालक शीवनारायण महरालाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौंको सतुंगलमा रहेको टायल इन्जिम हार्डवेयरमा अल्मुनियम झारेर मंगलबार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनर भित्र काठमाडौं, भरतपुर, हेटौडाबाट ती यात्रुहरु चढेका थिए।

प्रति व्यक्ति २ सय रुपैयाँ भाडा दिने सर्तमा चालकले आफुहरुलाई लरीमा चढाएको यात्रूहरुले बताएका छन्। प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन्। उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए।  मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि लरीको खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बारा मोतीसरका रमेश बैठाले बताए।
 
लकडाउन भएपछि काम गर्ने पसल पनि बन्द भयो, काठमाडौंबाट लरीमा चढेका बैठाले भने ,‘ साहुले पनि घर जाउ भनेपछि खाली कन्टेनरमा चढेका थियौँ।  भरतपुरबाट कन्टेनरमा चढेका पर्साको मुडलीका सन्दिप कलवारले भने चालकले लरीमा चढाउन नमानेपनि आफुहरुले हारगुहार गरेपछि मात्रै चढाएको बताए। 

प्रहरी नियन्त्रणमा रहेका लरी चालक महराले पनि आफुले यात्रुलाई चढाउन नमानेको भएपनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताए। प्रहरी निरीक्षक कुशल बर्तौलाले कन्टेनर भित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा बुधबार बिहान पठाइएको बताए।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले लकडाउन उल्लङ्घन गरी यात्रु ओसार्ने लरीका चालकलाई प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र  स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदै सम्मको कारबाही गरिने बताए। यात्रुहरुलाई भने क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरेपछि अवस्था कस्तो देख्निछ त्यहि अनुसार निर्णय गरिने उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.