भारतबाट आएकालाई क्वारेन्टाइनमा

भारतबाट आएकालाई क्वारेन्टाइनमा

डोटी : कैलालीको गौरीफन्टा नाकामा अलपत्र परिरहेका भारतमा मजदुरी गर्दै आइरहेका डोटीका युवालाई मंगलबार साँझ मात्रै जिल्लामा ल्याइएका छन्। नेपाल प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। 

भरतबाट आएका दुई सय ५० जनालाई आआफ्नो स्थानीय तहमा पुर्याएर क्वारेन्टाइनमा राखिएको हो। 

सबैकोे खाने र बस्ने व्यवस्था सम्बन्धित पालिकाले लिएको प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए। उनीहरुबाट कोरोना संक्रमणको जोखिम बढिरहेकाले कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने र समय समयमा उनीहरुको स्वास्थ्य जाँच गराइने प्रजिअ पौडेलले बताए।

भारतबाट आएका मध्य शिखर नगरपालिकामा ७२ जना रहेका छन्। उनीहरुलाई नगरपालिका–१० स्थित सिद्धेश्वर माविमा क्वारेन्टाइन स्थापना गरेरा राखिने नगर प्रमुख सिताराम जोशीले बताए। 

दिपायल सिलगढी नगरपालिकाका २२ जना र केआईसिंह गाउँपालिकाका ११ जना गरी ३३ जनालाई सेती सभाहल राजपुरमा राखिएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताइन। उनीहरुको सबै व्यवस्थापन पालिकाले नै गन गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताए।

उता बड्डीकेदार गाउँपालिकामा आएका ५१ जनालाई बिपीनगरस्थित केदार ज्योती क्याम्पसमा राखिएको र उनीहरुको स्वास्थ्य परीक्षणसमेत भएको स्वास्थ्य शाखाका इन्चार्ज योगेन्द्रबहादुर शाहीले बताए। बोगटान फुड्सील गाउँपालिकाका ३३ जनालाईसमेत त्यहाँका विद्यालयमा राखिएको बताइएको छ।

आदर्श गाउँपालिकामा आएका ५६ जनालाई शारदा मावि मौवा र सायल गाउँपालिकाका ५ जनालाई वडा नम्बर ३ को वडा कार्यालयका कोठामा राखिने गाउँपालिकाले बताएको छ। 

पूवीचौकी गाउँपालिकामा भने पछिल्लो समय दुई जना मात्रै भारतबाट आएका छन्। उनीहरुलाई सम्बन्धित वडामा राखिने बताइएको छ।

मंगलबार ल्याइएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको भए पनि केही दिन अगाडि भारतबाट हजारौं संख्यामा आएका डोटीबासी आ–आफ्नो घरमा बसिरहेका छन्। उनिलाई परिवारबाट अलग (सेल्फ क्वारेन्टाइन) मा बस्नु भनेर पटक पटक सम्झाउँदासमेत नमानिरहेको जनप्रतिनिधी बताउँछन्। उनीहरुका कारण समुदायमा एक किसिमको त्राससमेत फैलिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.