भारतबाट आएका एक जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

भारतबाट आएका एक जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

डोटी : नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा एक जनालाई डोटी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवा मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए। उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो। उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योती पाण्डेले जानकारी दिइन। ‘हामीले उहाँको स्वाब एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं,’ पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौं लगिनेछ।’ रिपोर्ट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिनेछ।

डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो। यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको पाण्डेले बताइन्। संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.