धनगढीमा लकडाउनको अवज्ञा

धनगढीमा लकडाउनको अवज्ञा

धनगढी : सरकारले लकडाउन गरेको दोस्रो दिन धनगढीमा धेरैले अवज्ञा गरेका छन्। समान्य कामका लागि पनि मानिस सडकमा देखिए भने सामान्य बिरामी पनि अस्पताल गइरहेको पाइयो  केही त बिरामी भेट्ने भन्दै बहाना बनाएर हिँडेको पनि पाइयो।

कुनै पार्टीको बन्द वा हडतालको जस्तै चार, पाँचजना एकै ठाउँमा बसेर कुराकानी गरिरहेका भेटिए । 'साथीको घर जान लागेको, यही नजिकै हो,' धनगढीको विशालनगरका नरेश विकले भने। साइकलमा दुबैजना साथै गइरहेका थिए।

'छिटो जाउँ, अबदेखि सडकमा नदेखिनु, नजिकै रहेको प्रहरीले सचेत गरायो। कैलालीको फुलबारीमा रामकुमार चौधरी सहितका ९ जनाको टोली लकडाउनकै बेला बुधबार डोटीबाट धनगढी पुग्यो । 'हामी निर्माण मिस्त्री हौं, सबैतिर लकडाउन भयो, काम पनि बन्द भयो, अनी दिपायलबाट अत्तरियासम्मका लागि बस पाइयो, त्यहाँबाट चार घण्टा लगाए हिँडेर आएको,' धनगढीको रातोपुलमा पुगेका उनले भने,' 'हामीलाई फुलबारी घरसम्म जानु दिनुस्।'

उनीहरुले, पहाडबाट आएको गाडीको नम्बर भने बताएनन् । देशभरी लकडाउन भइरहेका बेला, सार्वजनिक यातायाका साधन पनि यसको उलंगन गरिरहेका छन् । अन्नपूर्णको टोली दिउँसो धनगढीको क्याम्पस चोक पुग्यो । 

क्याम्पस चोकमा आउन जानेलाई कुनै रोकतोक थिएन । चोकमै रहेको नेपाल प्रहरीको अस्थायी बीटमा एकजना हवल्दार सहित तीनजना प्रहरी सितलमा बसिरहेका थिए । सडकमा मानिसहरु साइकल, मोटरसाइकल र पैदल हिँडिरहेका थिए । 
'मनेहराबाट आएको, शिबनगर आफन्तकोमा जाने हो, यही नेर त हो नी, हामीले सोधेपछि २१,२२ वर्ष उमेरका लाग्ने मनोज पाण्डेले भने, 'लक डाउन भनेको घरमै बस्नु त हो, तर यही नजिकै हो, आफन्तको घर पनि ।'

अहिले पनि सहर बजारकै मानिसमा कोरोनाका बारेमा गम्भीरता छैन । 'पहिलो दिनको भन्दा आज लकडाउनको प्रभाव बढी छ, तर अझै १० प्रतिशत जति रोक्न आवश्यक छ,' धनगढीको रातोपुलमा अनुगमनमा भेटिएका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले भने, 'मलाई पनि यो लक डाउनको अवज्ञा गरेको मन परिरहेको छैन ।'

मेयर ओडले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई लकडाउनका अवज्ञा भइरहेको खबर गरेपछि लगत्तै कैलालीका एसपी सुदीप गिरि सडकमा आए । उनले कैलाली पुल, रातो पुल र टाफिक चौराहामा आवतजावत गर्नेलाई कडा चेकजाँच गरिने बताए ।

सरकारले दैनिक उपभोग्य सामाग्री, खाद्यान्न, खाना बनाउने ग्यास र अन्य अत्यावश्यक वस्तुका पसल खुला रहने जनाएको छ तर त्यसको समय नतोकिएकाले स्थानीय सामान नपाउने हो की भन्ने चिन्तामा छन्। 

कतै पसल खुलेको देख्ने वित्तिकै सामान भण्डारण गर्न थालेका छन् । 'बेलुकी पसल खोल्ने वित्तिकै भीडभाड भइहाल्छ, अनी प्रहरी आइहाल्छ,' रातोपुलका खुद्रा  पसल गरिरहेका एक पसलेले भने।

बुधबार धनगढीको टाफिक चोक बाहेकका स्थानमा शसस्त्र प्रहरीको उपस्थिति देखिएन । मुख्य सडकबाट भीत्र प्रवेश गर्ने चोकमा पनि प्रहरीको उपस्थिति न्यून देखियो । 'लकडाउन भनेको बालबच्चा लिएर सडकमा घुम्नु हो त।धनगढी बसपार्कका व्यवसायी सुवाश बमले आमाछोरी हात समातेर मर्निङ वाक गरेको तस्बिर हालेर स्टाटस लेखेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.