डिस्चार्ज भइन् कोरोना संक्रमित भगवती

डिस्चार्ज भइन् कोरोना संक्रमित भगवती

लण्डन : कोरोना भाइरसको संक्रमण भएर लण्डनको अस्पतालमा उपचार गराइरहेकी भगवती रानाभाट घर फर्किएकी छन्। गत शुक्रबार नर्थविक पार्क हस्पिटलमा भर्ना भएकी उनी मंगलबार डिस्चार्ज भएकी हुन्।

घर फर्किएपछि अन्नपूर्ण पोष्टसँगको टेलिफोन कुराकानीमा उनका श्रीमान् डा. मीन रानाभाटले भगवतीलाई पहिलेको तुलनामा सुधार भएको तर पूर्ण निको भइनसकेको बताए। केही बिसेक अनुभव गरेकी छन्। तर अझै पनि पूरै निको भएकोे छैन। नियमित औषधि सेवनले पनि होला, ज्वरो घटेको छ। खोकी पनि पहिलाभन्दा कम भएको छ, उनले सुनाए।

डिस्चार्ज गर्नुअघि अस्पताल र डाक्टरहरुले भगवतीलाई स्वास्थ्यको पछिल्लो अवस्थाबारे स्पष्ट नबताएको उनले जानकारी दिए। उनलाई कस्तो भइरहेको छ ? पूरै ठीक भयो कि सुधार मात्रै भयो, केही पनि बताएनन्। डिस्चार्ज गर्ने भनेर एम्बुलेन्समा राखेर घरमा ल्याएर छोडिदिए, उनले भने, पक्कै सुधार भएरै डिस्चार्ज गरेको होला भन्ने त लागेको छ । तर अब कस्तो हुँदै जान्छ, अहिले केही थाहा छैन।

अस्पतालले भगवतीलाई ७ दिनका लागि औषधि दिएको छ। उनलाई ७ दिनसम्म र उनका श्रीमान् तथा छोराछोरीलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न सल्लाह दिएको छ।

गत शुक्रबार नै अस्पतालले उनलाई कोरोना पोजिटिभ रहेको जानकारी गराएपछि श्रीमान् र छोराछोरी घरभित्रै सेल्फ आइसोलेसनमा छन्। भगवती घर फर्किएपछि घरको भुइँतलामा बसेकी छन् भने श्रीमान् र छोराछोरी माथ्लो तलामा छन्। उनीहरुले आफूबीच निश्चित दुरी राखेर मात्रै बेलाबेलामा कुरा गर्ने गरेको मीनले बताए।

भगवती घर फर्किदा रानाभाट परिवार खुसी त छ नै, तर उनलाई पूरै निको भयो भनेर रिपोर्ट आइनसकेका कारण अन्योल पनि छ। अस्पतालले कोरोना पोजिटिभ भनेर पुष्टि गरिसकेको उनीसँग अहिले हाम्रो सिंगो परिवार एउटै घरमा छ। उनलाई पूर्ण निको भयो भन्ने रिपोर्ट पाएको भए ढुक्क हुने थियौं, मीनले भने, त्यसै त पहिलेदेखि नै परिवारका अरु सदस्य पनि बोर्डर लाइनमै छौं, जोखिम झन् बढ्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ।

युवराज चाल्र्स पनि संक्रमित

बेलायतमा कोरोना संक्रमितहरुको संख्या तीव्र गतिमा बढिरहँदा युवराज चाल्र्समा पनि संक्रमण भेटिएको छ। ७१ वर्षीय युवराज चाल्र्समा कोरोना भाइरस पोजिटिभ देखिएको बुधबार उनका प्रवत्ताmाले बताए। उनलाई कोरोना संक्रमणका सामान्य लक्षणहरु देखा परेको बताइएको छ।

स्कटल्याण्डको एबर्डिनसायरमा उनको कोरोना भाइरस संक्रमण परीक्षण गराइएको थियो। युवराज चाल्र्समा संक्रमण भेटिएपछि पत्नी प्रिन्सेस क्यामेलियालाई पनि परीक्षण गरिएको थियो तर उनमा संक्रमण भेटिएको छैन। दुवैजना अहिले स्कटल्याण्डस्थित घरमा सेल्फ आइसोलेसनमा छन्। बकिंगहम प्यालेसका अनुसार महारानी एलिजावेथले उनका छोरा युवराज चाल्र्सलाई पछिल्लोपटक मार्च १२ का दिन भेटेकी थिइन्। तर उनको स्वास्थ्यमा कुनै पनि समस्या देखिएको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.