'लक डाउन'पछि भोकभोकै रिक्सा चालक

'लक डाउन'पछि भोकभोकै रिक्सा चालक

वीरगन्ज : लक डाउनले आम्दानीको बाटो बन्द भएपछि रिक्सा चालक राजकुमार मण्डलले भोकै रात कटाए ।  पसलेले उधारोमा खाद्यान्न नदिएपछि रिक्सा ग्यारेजमा भोकै सुतेका मण्डल भन्छन् ,‘ग्यारेज साहुले दिएको ४ सय रुपैयाँ सकिएपछि पसलमा उधारोमा माग्न जाँदा दिएनन् , राति त भोकै सुतें ।'

उनी वीरगन्जमा ७ वर्षदेखि रिक्सा चलाउँछन् । सर्लाही नवलपुर स्थायी ठेगाना भएका मण्डल भन्छन् ,‘६ महिनाको नाकाबन्दीमा पनि  यसरी भोकभोकै सुत्न  परेको थिएन ।  कोरोनाभन्दा भोकको डर धेरै लागेको छ हामीलाई ।'

कोरोना संक्रमणबाट जोगिन देशभर मङगलवारदेखि लक डाउन भएपछि वीरगन्जमा मण्डलजस्तै डेढ सय रिक्सा चालक भोकभोकै बसेका छन् । 

वीरगन्जका १० वटा रिक्सा ग्यारेजमा झण्डै २ सय ५० को हाराहारीमा रिक्सा छन् । ती रिक्सा ग्यारेजका रिक्सा चलाउने चालक धेरै जिल्ला बाहिर र भारतको बिहारबाट आएका छन्। 
 
कोरोनाको त्रास बढ्दै गएपछि लक डाउन हुनुभन्दा पहिले केही रिक्सा चालक घर फर्किसकेका छन् । तर लक डाउन भएपछि घर फर्कन नपाएका झण्डै डेढ सय रिक्सा चालक भने ग्यारेजमै अलपत्र अवस्थामा छन् ।  

३ दिन देखि बजारमा रिक्सा लिएर निस्किन नपाएकाले ग्यारेजमै रिक्सा थन्क्याएर बसेका रिक्सा चालकसंग बिहान बेलुकी खाने पैसा पनि सकिएको छ । ग्यारेज आसपासका किराना पसलेले पनि उधारो दिन छाडेको उनीहरू बताउँछन् । 

'लक डाउनको सुरुका दिनमा ग्यारेज साहुले खाना खान एक दुई सय रुपैयाँ सापटी दिएका थिए' , वीरगन्जको पानगल्ली स्थित जय माँ दुर्गे रिक्सा ग्यारेजमा बिहबार भेटिएका भारतको बैरगनीया घर भएका रिक्सा चालक ननक साह कानु भन्छन् ,‘अब साहुको पनि आम्दानी छैन , कुन मुखले फेरि पैसा माग्नु ?'

पानगल्लीमै रहेको हंसराज रिक्सा ग्यारेजमा भेटिएका रौतहट कर्कच घर भएका रिक्सा चालक राघव साहले पहिले कमाएर राखेको रकमले अहिले भुजा च्युरा खाएर जसो तसो पेट भरिररहेको बताए । 'मसँग दुई तीन  सय रुपैयाँ मात्रै छ, पसलबाट च्युरा भुजा ल्याएर जसोतसो भोक मेटाउने गरेको छु' ,  उनले भने ,‘घर जाऔं भने गाडी पनि चलेको छैन , आपतमा परेको छु ।'

 शौचालय जाँदा प्रहरीले डन्ठा

शौचका लागि घण्टाघरको सार्वजनिक शौचालयमा जाँदा पनि प्रहरीले डन्ठा हानेर फर्काइदिने गरेको गुनासो उनले गरे । ३ दिनदेखि भोकभोकै बस्दा पनि सरकारले वास्ता नगरेको साहले बताए । 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले भने लकडाउनले समस्यमा परेका गरिब विपन्न र मजदुरी गरेर जीवीकोपार्जन गर्नेलाई निशुल्क खाद्यान्न सामाग्री वितरण गर्ने तयारी भइरहेको बताएका छन् । 

'तत्कालका लागि ५ टन चामल र एक टन रहरको दालको व्यवस्था गरिरहेका छौँ' , सरावीले भने ,‘ चामल र दाल प्याकिङ गरेर शुक्रबार बिहानदेखि वितरण गर्ने तयारी गरिरहेका छौँ । '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.